नेपाल भ्रमण वर्षको कार्यक्रम संयोजकमा वैद्य नियुक्त

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार ११:४१   सम्पादक: admin

काठमाडौँ, १६ कात्तिक (रासस) : सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी आज उहाँलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त गर्नुभएको हो । सरकारले २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आवश्यक कार्यक्रम सञ्चालन गर्न संयोजक आवश्यक परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आगामी तीन वर्षका लागि राष्ट्रिय कार्यक्रम संयोजकमा वैद्यलाई नियुक्त गरिएको जानकारी दिनुभयो । सरकराले निजी क्षेत्रको सक्रिय सहभागितासहितको सहकार्यलाई अगाडि बढाएको र सो कार्यक्रमको सचिवालय नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष रहनुभएका वैद्य सार्क चेम्बर अफ कमर्सका समेत पूर्व अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

विराटनगर, ४ चैत (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक.....

काठमाडौँ, ४ चैत (रासस) : नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट.....

काठमाडौँ, ४ चैत (रासस) : राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर.....

आशाका किरण समाचार। राजनीतिक विश्लेषक आनन्दराम पौडेलले प्रधानमन्त्री केपी ओली असफल हुनुको रहस्य खोलेका छन् ।.....

काठमाडौँ, ४ चैत (रासस): श्रमिक आपूर्ति तथा त्यस सम्बन्धमा हालै भएका द्विपक्षीय समझादारीको शीघ्र कार्यान्वयन गर्न.....

किन्सासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, ४ चैत (रासस÷सिन्ह्वा) ; प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np