रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार ०७:५२   सम्पादक: admin

बेनी, १६ कात्तिक (रासस) : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ । ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आइसफल क्षेत्र समेटिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुइसे हुँदै धौलागिरि आइसफल क्षेत्र समेटिनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिमबहादुर कटुवालले बताउनुभयो । “अहिलेसम्म ओझेल परेको यो क्षेत्र सरकारको प्राथमिकतामा परेको छ, स्थानीयस्तरबाट भएका प्रयास सार्थक बन्दैछन् ”, उहाँले भन्नुभयो । रुइसे हुँदै धोलागिरि आइसफलसँगै सरकारले म्याग्दीकै घोरेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सूचीमा राखेको छ । पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्य सूचीमा राखेको छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ७ को सीमा क्षेत्रलाई समेटिएको रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र धौलागिरि र अन्नपूर्णक्षेत्रका हिमालको अवलोकनका लागि उत्तम मानिन्छ । सो मार्ग म्याग्दीबाट मुस्ताङ निस्कने वैकल्पिक नयाँ पदमार्गसमेत हो । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यूटावर निर्माण शुरु गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यअनुसार मन्त्रीस्तरको निर्णयबाट छनोट गरिएका १०० नयाँ पर्यटकीय गन्तव्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिश गरिएका हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दाबढी स्थान प्रस्तावित भएकोमध्ये मन्त्रालयले विभिन्न आधार तयार गरी छनोट गरेको हो । ‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन र विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न शुरुआत गर्नेछ । नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारले रु ५० करोड छुट्याएको छ ।

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np