अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनमा आशा जाग्दै

प्रकाशित मिति: १५ कार्तिक २०७५, बिहीबार १०:३४   सम्पादक: admin

–नारायण ढुङ्गाना काठमाडौँ, १५ कात्तिक (रासस) : नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न अपरिहार्य महसुस गरिएको छ । विश्वको सर्वौच्च शिखर सगरमाथालगायतका अन्य हिमाल नयाँ पर्यटकीय उत्पादन पर्वतीय पर्यटनका लागि आशालाग्दो क्षेत्र प्रमाणित हुने निर्विवाद छ । प्रचारप्रसारको अभावमा अन्तर्राट्रिय जगत्मा नेपालका पर्यटकीय सम्भावना भएका पर्वतीय पर्यटनको बजारीकरण एवं प्रवद्र्धन हुन सकेको छैन । पर्यटकलाई नयाँ स्वाद पस्किने उत्पादन नै पर्यटन वर्ष २०२० को विशेषता हुनसक्ने छ । अतिथिदेवो भवः भन्ने भावनालाई साकार तुल्याउँदै सेवाप्रवाह गर्न यस्ता पर्वतीय पर्यटनको प्रचारप्रसार हुनु जरुरी छ, भन्नुहुन्छ नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङ । देशको शान्ति सुरक्षा, राजनीति स्थिरता, अनुकूल मौसम र तीव्र प्रचारप्रसारका कारण पर्वतीय पर्यटनमा आकर्षण बढ्दो छ तर पर्याप्त प्रयास देखिँदैन । “नेपालमा यतिधेरै माउन्टेन छन् अहिलेको अवस्थामा आएका पर्यटक उल्लेखनीय होइन, गुरुङले भन्नुभयो, अझै प्रचारप्रसार गर्नु जरुरी छ ।”

उहाँले अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्वतारोहण गर्ने पर्यटकको सङ्ख्या ११ प्रतिशतले वृद्धि भएको भन्दै पर्वतीय पर्यटनको विकासमा फड्को मार्ने विश्वास लिइएको विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्वतारोहण सङ्घका अनुसार सन् २०१६ मा पाँच हजार ८०० देखि छ हजार ५०० मिटर उचाइका हिमचुली आरोहण गर्ने पर्यटकको सङ्ख्या चार हजार ८२३ थियो । सन् २०१७ मा यसको सङ्ख्या बढेर पाँच हजार ९२९ पुगेको तथ्याङ्क छ । राजश्व भने सन् २०१६ मा सात लाख ५१ हजार ५३५ अमेरिकी डलर (रु आठ करोड ६४ लाख) थियो । २०१७ मा भने नौ लाख ९७ हजार ८२३ अमेरिकी डलर (रु ११ करोड ४७ लाख) राजश्व सङ्कलन भएको थियो । सन् २०१८ मा भने पर्यटकको आगमनमा वृद्धि भएको सङ्घको दाबी छ । नेपाल पर्वतारोहण सङ्घमार्फत नेपालका २७ हिमचुलीको व्यवस्थापन हुँदै आएको छ । नेपालको हिमालय क्षेत्रमा तीन हजार ३१० हिमचुली छन् । त्यसमध्ये छ हजार मिटर उचाइका एक हजार ३१० हिमचुली छन् । सात हजार मिटरमाथिका १२२ र आठ हजारमाथिका हिमचुली १४ वटा छ । सरकारले अहिलेसम्म ४१४ हिमचुलीमा प्रवेश खुला गरेको छ । जसमध्ये २७ हिमचुली आरोहणको व्यवस्थापन सङ्घले गर्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा अब सङ्घले नयाँनयाँ हिमचुलीको खोजी गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुहुन्छ । “एउटै मान्छे एउटै हिमाल चढ्न बारम्बार आउँदैन, नयाँ ठाउँ खोज्नुपर्छ, तपाईहरु गर्नुहोस्, सरकारले यसमा सहयोग गर्छ ।” देवकोटाले भन्नुभयो । अहिले पर्वतारोहणका विदेशीलाई प्रतिव्यक्ति १२५ डलर प्रवेश शुल्क छ । नेपालीलाई रु दुई हजार छ । उनीहरुले एकपटक जाँदा तीनदेखि चार हजार डलरसम्म खर्च गर्ने गरेका छन् । हिउँपहिरोमा परेकाका परिवारलाई राहत नेपाल पर्वतारोहण सङ्घले आज काठमाडौँमा ४५औँ वार्षिकोत्सव मनाएको छ । धौलागिरि क्षेत्रको गुर्जा हिमाल चढ्ने क्रममा हिउँ पहिरोमा परी ज्यान गुमाएका चार जनाका परिवारलाई आज राहत वितरण गरिएको छ । गएको अक्टोबर १२ उक्त घटना भएको थियो । सङ्घले प्रतिपरिवार रु ५० हजारका दरले राहत वितरण गरेको हो । पाँचजना कोरियन नागरिकसहित हिमाल आरोहणका क्रममा आरोहण सहयोगी सङ्खुवासभाका डेना आङजुक भोटे, फुर्पु भोटे, छिरिङ भोटे र म्याग्दीका नेत्रबहादुर छन्तेलको हिउँपहिरोमा परी निधन भएको थियो । पीडित परिवारलाई काजकिरियाका लागि रु ५० हजारका दरले रु दुई लाखको चेक हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो । सो क्रममा सङ्घका उपाध्यक्ष दिवेशविक्रम शाह, सल्लाहकार शम्भु तामाङलगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ फागुन (रासस) : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना.....

दमौली, ५ फागुन (रासस) : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर.....

गलकोट, ४ फागुन (रासस) : पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अर्थ नीति र राजनीति.....

काठमाडौँ, ६ फागुन (रासस) : प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ.....

काठमाडौँ, ६ फागुन । उपलब्ध ऊर्जाको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पु¥याउने.....

चितवन, ६ फागुन (रासस) : कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np