माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

प्रकाशित मिति: १५ कार्तिक २०७५, बिहीबार १०:०१   सम्पादक: admin

काठमाडौँ, १५ कात्तिक (रासस) : माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्काशन छिटोमा यही कात्तिक १९ गतेसम्म तथा बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ । यस्तै आयोजना प्रभावित दोलखावासीका लागि गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री भइसकेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई यसअघि नै शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण शेयरतर्फ रु १० अर्ब बराबरको शेयर बिक्री गर्ने जनाएको छ । त्यसमा सञ्चयकोषका सञ्चयकर्तादेखि स्थानीयवासी र सर्वसाधारणसमेतको शेयरको हिस्सा रहनेछ । माथिल्लो तामाकोशी आयोजनाको बिजुली व्यावसायिक उत्पादनको लागि भने अझै एक वर्ष जति कुर्नुपर्ने छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले दोलखावासीले जस्तै सर्वसाधारणले पनि शेयरमा विशेष चासो राख्ने र धेरैभन्दा धेरै नागरिक सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

पोखरा, ७ फागुन (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने.....

काठमाडौँ, ७ फागुन (रासस) : मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको.....

जनकपुरधाम, ७ फागुन (रासस) : प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राससबाट आएको.....

टोकियो, ७ फागुन (रासस÷एएफपी) – कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना.....

हङकङ, ७ फागुन (रासस/एएफपी) – विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब.....

वासिङ्टन, ७ फागुन (रासस/एएफपी) – संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np