शेयर बजार दोहोरो अङ्कले घट्यो

प्रकाशित मिति: ११ कार्तिक २०७५, आईतवार ११:४२   सम्पादक: admin

काठमाडौँ, ११ कात्तिक(रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४ दशमलब ७३ विन्दुले झरेर एक हजार २२६ दशमलब ३८ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा एक दशमलब १९ विन्दुले बजार ओरोलो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३ दशमलब २३ विन्दुले आरोलो लागेर २६० दशमलब ७८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोबार रकम भने सामान्य अवस्थामा नै छ । कूल १६० कम्पनीको ११ लाख ९७ हजार १०६ कित्ता शेयर रु ३२ करोड ६४ लाख ८३ हजार ६७३ मूल्यमा खरीद बिक्री भएको छ । आज बैंकिङ १६ दशमलब ८१, होटल १५ दशमलब एक, विकास बैंक १० दशमलब ६, जलविद्युत् नौ दशमलब ७५, वित्त ६ दशमलब ५, निर्जीवन बीमा ७९ दशमलब ७३, उत्पादन ३ दशमलब ७२, अन्य २ दशमलब ३७, माइक्रोफाइनान्स १४ दशमलब ९७ र जीवन बीमा ५४ दशमलब ११ बिन्दुले ओरालो लागेको छ । स्टककाअनुसार ओरालो लागेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, रैराङ जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड फाइनान्स कम्पनी र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np