दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

प्रकाशित मिति: ११ कार्तिक २०७५, आईतवार ०७:२६   सम्पादक: admin

गाईघाट, ११ कात्तिक (रासस) : उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ । अहिले पनि जिल्लाको ताप्ली गाउँपालिका, लिङचुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाका झण्डै २५० विद्यालयमा गणित, नेपाली, अङ्ग्रेजी तथा विज्ञान विषय पठनपाठन गराउने शिक्षकको अभाव रहेको जिल्ला शिक्षा एकाई समितिका प्रमुख हरिहर धिताल बताउनुभयो । मुख्य पहुँच भएका विषयगत शिक्षक नगरपालिका केन्द्रित र शहरी क्षेत्रका विद्यालय केन्द्रित हुने गरेको र शिक्षकको सबै दरबन्दी शहरकेन्द्रित हुने गरेपछि ग्रामीण भेगमा अहिले झण्डै तीन सय विषयगत शिक्षकको अभाव रहेको जिल्ला शिक्षा एकाई समितिका पदाधिकारी बताउँछन् ।

आधारभूत विद्यालय १ देखि ५ कक्षासम्ममा मात्र अहिले जिल्लाका विद्यालयमा झण्डै ३९ हजार विद्यार्थी अध्ययन गर्दै आएको भए पनि सात सय मात्र आधारभूत तहमा स्थायी शिक्षक रहेका छन् । यस्तै कक्षा ६ देखि ८ सम्ममा स्थायी शिक्षक १८२ रहेका छन् भने बाँकी २४२ अनुदान र राहत दरबन्दीमा रहेका शिक्षा एकाई समिति बताउँछ । यता कक्षा ९ र १० मा स्थायी शिक्षक १२९ छन् भने बाँकी १४६ अनुदान र राहत दरबन्दीमा रहँदै आएका छन् । विषयगत शिक्षक अभावका कारण पहाडी विद्यालय वा दुर्गम क्षेत्रमा एउटै विषयका शिक्षकले चार वटासम्म बिषय हेर्न बाध्य हुनुपरेको छ । प्रत्येक वर्ष एसइई परीक्षामा प्रगति राम्रो नहुनुको पछाडिको मुख्य कारण भनेको विषयगत शिक्षक अभाव नै रहेको समितिका पदाधिकारी बताउँछन् । जिल्लाको ग्रामीण भेगका विद्यालयमा विषयगत शिक्षक नियुक्ति गरेर दरबन्दी पूर्ति नगरेसम्म र मन्त्रालयबाट विषयगत शिक्षकको दरबन्दी पूर्ति नगरेसम्म विद्यार्थीको पठनपाठन सुधार हुननसक्ने अवस्था रहेको सम्बन्धित क्षेत्रका अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भनाइ छ । उदयपुरमा अहिले ४५६ सरकारी विद्यालय सञ्चालन हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

पुत्राजया, मलेसिया, ५ मङ्सिर (रासस ÷सिन्ह्वा) : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी.....

रुपन्देही, ५ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषामा कार्यरत प्रहरी सहायक.....

–दीपक बोहरा लमही, ५ मङ्सिर (रासस) : ‘धेरै संस्थाहरु गाउँमा आउँछन्, तपाईका समस्या के–के छन्, भन्छन् । कार्यक्रम.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np