पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया

प्रकाशित मिति: ११ कार्तिक २०७५, आईतवार ०६:४६   सम्पादक: admin

बाँके, ११ कात्तिक (रासस) : बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको छ । टोली शुक्रबार लुम्बिनीको भ्रमण सकाएर बर्दिया आइपुगेको हो । बर्दिया थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यसम्मले भरिपूर्ण पश्चिम तराईकोे गरिमा हो । बर्दिया राष्ट्रिय निकुन्ज वन्यजन्तुमा चासो राख्नेहरुका लागि एक अनुपम गन्तव्य हो । पर्यटन सम्भाव्यता अध्ययन गर्न बर्दियामा रहेको चिनियाँ टोलीलाई मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिकाले स्वागत गरेको थियो । सो टोलीले बर्दिया र चीनवीच पर्यटन प्रवद्र्धनका लागि आगामी दिनमा चीनमा आयोजना गरिने पर्यटन महोत्सवमा बर्दियाका व्यक्तित्वलाई आमन्त्रण गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np