अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

प्रकाशित मिति: ११ कार्तिक २०७५, आईतवार ०६:३५   सम्पादक: admin

पर्वत, ११ कात्तिक (रासस) : अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता रहेको थियो । पुल २८७ मिटर लामो तथा १३५ मिटर उचाइको रहेको छ । निर्माण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष हिमबहादुर गुरुङले वर्षौँदेखिको आफूहरुको सपना पूरा भएको भन्दै सहयोगी कादुरी संस्थाप्रति धन्यवाद अर्पण गर्नुभयो । उहाँले पुल निर्माणमा करीब रु एक करोड खर्च भएको जानकारी दिनुभयो । उक्त पदमार्गमा वार्षिक रूपमा एक लाखसम्म बाह्य पर्यटक राउण्ड अन्नपूर्ण पदयात्राका लागि जाने गरेका छन् ।

प्रवासीद्वारा बाढीपीडितलाई घर निर्माण रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउँपालिका–७ धाइरिङ लस्तीका पहिरोपीडितका लागि घर निर्माण गरिएको छ । गत साउन १ गते रातिको वर्षातका कारण पहिरोले क्षति पुरयाएर विस्थापित जलजला गाउँपालिका–७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । धाइरिङ वास्वोट घर भई रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहनुभएका नारायण आचार्यको विशेष पहलमा नेदरल्याण्डमा रहेका पर्वतवासीको आर्थिक सहयोगमा शौचालयसहित तीन कोठे घर निर्माण गरिएको हो । नेदरल्यान्डवासीको रु तीन लाख २९ हजार र स्थानीय महिला समूह तथा व्यक्तिको श्रमदाना गरी रु पाँच लाखभन्दा बढीको लागतमा घर निर्माण गरिएको हो । शनिबार आयोजित कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, पर्वत समाज नेदरल्यान्डका वरिष्ठ सल्लाहकार गुणनिधि रिजाल, पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नरबहादुर रोकाले पहिरोपीडित शर्मालाई घरको साँचो हस्तान्तण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np