टीकापुर उद्यान पर्यटकको गन्तव्यस्थल

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार ०९:४६   सम्पादक: admin

धनगढी, ९ कात्तिक (रासस) : घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान टीकापुर पार्क आकर्षक गन्तव्य बन्न थालेको छ । पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा ९¥याफ्टिङ०को रोमाञ्चकारी यात्रा र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर उद्यान पहिलो रोजाइमा पर्छ । पर्यटकको आगमन बढेसँगै उद्यानको आम्दानीमा समेत वृद्धि भएको उद्यानका प्रमुख अर्जुन कुँवरले बताउनुभयो । दशैँको समयमा प्रवेश शुल्कबापत उद्यानले रु ८९ हजार आम्दानी गरेको छ । देशका विभिन्न जिल्लाबाट दैनिक २०० देखि ५०० जनासम्म आन्तरिक पर्यटक पार्क अवलोकन गर्न आउने गरेका छन् । उद्यानमा प्रवेश शुल्कबापत आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति रु २५, प्रतिविद्यार्थीका लागि रु १५, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु १५० तथा सार्कबाहेकका राष्ट्रबाट आउने पर्यटकका लागि रु ३०० शुल्क तोकिएको छ । उद्यानमा कात्तिकदेखि जेठसम्म बढी पर्यटक घुम्न आउने गर्दछन् ।

दशैँ सकिएपनि यतिबेला वनभोज खान आउनेको उद्यानमा घुइँचो लागेको छ । विसं २०२८ मा स्थापना गरिएको सो उद्यानको नौ बिघामा फलफूल र फूलको बगैँचा छ । टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको उक्त उद्यानमा तत्कालीन राजा महेन्द्रले एक महीना बसेर स्वास्थ्य लाभ गरेका गरेका थिए । उद्यानमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका लगायतका संरचना छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np