नेप्सेमा झिनो अङ्कको गिरावट

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार ११:३६   सम्पादक: admin

आइतबार झिनो अङ्कले मात्रै वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.८६ विन्दुले घटेर एक हजार १११.९९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने आइतबारको तुलनामा बढेको छ । आइतबार कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भएको थियो । आज कूल १६४ कम्पनीको आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बैंकिङ १.१३, व्यापार १३.९९ र जलविद्युत् २.१८ विन्दुले बढेको छ । यस्तै होटल ८.८, विकास बैंक ३.८३, वित्त ०.६, निर्जीवन बीमा ३.७, उत्पादन ४.१, अन्य २.०४, लघुवित्त १.०४, जीवन बीमा ६४.०१ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु एक करोड ९३ लाख ९६ हजार ४५२ बराबरको शेयर कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ६९ हजार ९१९, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रु एक करोड ११ लाख ६५ हजार ४०४, एनआइसिएशिया रु एक करोड सात लाख ८३ हजार ८६५, साल्टटे«डिङ कर्पोरेशन रु ८८ लाख ८७ हजार २१३ र सेञ्चुरी बैंक रु ८१ लाख ६५ हजार ७६० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.९६ प्रतिशतले कमाउँदा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ७.८३, साल्ट टे«डिङ कर्पोरेशन ४.४१, पाँचथर पावर कम्पनी ४, नेपाल हाइड्रो डेभलपर्स ३.७७ र स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.४५ प्रतिशतले कमाए । त्यस्तै अरुण काबेली पावर ६.५५, साइन रेसुङ्गामा डेभलपमेन्ट बैंक ५.८०, आँखु खोला जलविद्युत् कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ५.०५, सिनर्जी पावर ४.८१, लाइफ इन्स्योरेन्स कम्पनी ३.७९ र जोशी हाइड्रोपावरका शेयरधनीले ३.७० प्रतिशतले गुमाए ।

तपाईको प्रतिक्रिया

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक.....

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक.....

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

- Indian police on Friday shot dead four detained gang-rape and murder suspects as they were re-enacting their alleged crime, prompting outrage but also wild celebrations. The men, who had been in custody for a week, were shot early Friday morning as they tried to escape during the re-enactment in.....

कृष्णराज गौतम निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य.....

कान्दाहार, २० मङ्सिर (रासस /सिन्हवा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np