बारीमै कुहिन्छ उत्पादित तरकारी

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार ०८:४८   सम्पादक: admin

वारिपारि भीरपाखा र अग्ला पहाड छन् । त्यही बीचमा उर्वर भूमि त छ तर त्यस भूमिमा उत्पादन गरिएका कृषि उपज बजारमा लैजान सडक र सवारीसाधनको अभावमा किसान निराश हुनुपरेको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–९ बरेखानीका किसान अधिकाशं गाउँ, बस्ती र टोलमा सडकको पहुँच पुग्दा पनि यस्तो समस्या भोग्न विवश छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरु गुनासो गर्छन् । उत्पादन भएको कृषि उपज बजार लैजानका लागि यातायातको पहुँच नहुँदा थोरै मात्र उत्पादन गर्न बाध्य भएको बरेखानीका कृषक मित्रलाल गौतमले बताउनुभयो । भौगोलिकरूपमा गलकोट नगरपालिकाको केन्द्र हटिया बजारबाट धेरै टाढा नभए पनि सानो बस्ती भएका कारण यहाँ हालसम्म सडकको पहुँच पुग्न सकेको छैन ।

उत्पादित कृषि उपज आफैँ बोकेर एक डेढघण्टाको पैदल यात्राबाट बजारमा पु¥याउने गरेको गौतमको भनाइ छ । गौतमका अनुसार बजार पु¥याउन नसक्दा उत्पादन भएको तरकारी बारीमै कुहिने गरेको छ । “थोरै जग्गामा उत्पादन धेरै मात्रमा हुनेभएकाले बजार पु¥याउन नसक्दा तरकारी बारीमा कुहिएर जाँदा हामी जस्ता युवा किसान साह्रै चिन्तित छौँ”, उहाँले भन्नुभयो । बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाइँसराइ बढ्दै गएपछि अहिले आठ घरमा मात्र मानिस बस्दै आएका छन् । सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँको रूपमा समेत चिनिने गरिएको छ । “गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै मात्रमा तरकारी उत्पादन गर्न सकिन्छ”, अर्का कृषक चन्द्रमणी शर्माले भन्नुभयो, “बोकेर लान धेरै सकिन्न, धेरै उत्पादन गरेर कुवाउनुभन्दा थोरै उत्पादन गर्छौँ ।” नगरपालिका भए पनि दुर्गम जस्तो लाग्ने बरेखानीमा विद्यालयसमेत छैन । विसं २०४० मा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थीको अभावमा चार वर्ष अगाडि बन्द भएको छ । पैदलयात्रामार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ ।

बरेखानीका आठ घरपरिवारलाई अहिले काउली, बन्दा, अदुवा, गाँजर, मुला, गोलभेँडा उत्पादन भए पनि बजार नपाउँदा समस्या भएको छ । बरेखानीका प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गरिँदै आएको छ । बजार पठाउन सडक भए यहाँका किसानले वार्षिक लाखौँ आम्दानी गर्ने कृषक गौतमले बताउनुभयो । “सडक छैन, डोकोमा बोकेर बजार लैजान कतिनै सम्भव हुन्छ र ?”, गौतमले भन्नुभयो । सडकको सुविधा भए बसाइँसराइ गर्न नपर्ने गरी बाँकी बाँझो जग्गामा पनि व्यावसायिकरूपमा खेतीबाली लगाउने सोच रहेको स्थानीय किसान बताउँछन् । बर्सेनि सडक पु¥याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुयो ।

“बर्सेनि सडकमा लगानी गरेका छौँ”, उहाँले भन्नुभयो, “नमिलेको भू–बनोटका कारण सडकको पहुँच सहज हिसाबले पुरयाउन कठिन भएको छ, हामी प्रयासरत छौँ ।” थापाका अनुसार गत वर्षमात्रै सडक विस्तारका लागि नगरपालिकाले रु सात लाख बजेट विनियोजन गरे पनि चट्टान परेका कारण जम्मा ५४ मिटर सडक खनिएको थियो । प्रदेश तथा केन्द्रीय सरकारले ठूलै बजेट विनियोजन नगरेसम्म सडक पु¥याउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक.....

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक.....

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

- Indian police on Friday shot dead four detained gang-rape and murder suspects as they were re-enacting their alleged crime, prompting outrage but also wild celebrations. The men, who had been in custody for a week, were shot early Friday morning as they tried to escape during the re-enactment in.....

कृष्णराज गौतम निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य.....

कान्दाहार, २० मङ्सिर (रासस /सिन्हवा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np