विद्यालय समयमा ठूला गाडीलाई प्रतिबन्ध

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार ०७:१२   सम्पादक: admin

जिल्लाको ब्यास नगरपालिका–२ स्थित केही ठाउँमा ठूला गाडी चल्नलाई प्रतिबन्ध लगाइएको छ । विद्यार्थी आवातजावत हुने समयमा ब्यास नगरपालिकाले गणेशमानचोकबाट अमरापुरी हुँदै भादगाउँ जाने बाटोमा ट्रक, ट्र्याक्टर र टिपरलाई प्रतिबन्ध लगाएको हो । बिहान ९ः १५ देखि १०ः१५ सम्म र साँझ ३ः३० देखि ४ः३० बजेसम्म ठूला गाडीलाई उक्त ठाउँमा गुड्न रोक लगाइएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उक्त समयमा त्यस मार्गमा विद्यार्थीको अत्यधिक चाप रहने र कुनैपनि बेला दुर्घटना हुनसक्ने भएकाले विद्यालय समयमा ठूला गाडीलाई रोक लगाइएको न्यौपानेले बताउनुभयो । उक्त मार्ग हुँदै आदिकवि भानुभक्त क्याम्पस, निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, ब्यास बोर्डिङ स्कूलका विद्यार्थी आवतजावत गर्ने गर्छन् । ती सबै क्याम्पस र विद्यालयमा गरी करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले यसअघि वडा नं २ स्थित कालीकामार्ग र डाँङ्ग्रेखोल्सीलाई एकतर्फी बनाएको थियो ।

जसअनुसार भोर्लेटारचोकदेखि भेटघाटचोकसम्म जाने र न्युरोडको कुमारी बैंकदेखि कालीकामार्ग हुँदै पृथ्वीराजमार्ग आउन मात्र पाइने नियम लागू गरिएको थियो । यसैगरी नगरपालिकाले नगरक्षेत्रभित्र विभिन्न स्थानमा सडक यातायात अवरुद्ध हुने गरी विवाह, व्रतबन्ध, भोज जस्ता सामाजिक कार्य गर्न प्रतिबन्ध लगाएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सडक अवरुद्ध हुने गरी त्यस्ता कार्य गर्दा सर्वसाधारणको गुनासो बढिरहेकोले वैकल्पिक मार्ग भएमा नगरपालिकाको स्वीकृित लिन र वैकल्पिक मार्ग नभएमा त्यस्तो कार्य अन्यत्रै गराउन आग्रह गरिएको छ । साथै सडक अवरुद्ध हुनेगरी निर्माण सामग्री नराख्न र नगरपालिकासँग स्वीकृति लिएर निश्चित् अवधिका लागि सडक अवरुद्ध नहुने गरी निर्माण सामग्री व्यवस्थापन गर्न नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यसैगरी नगरपालिकाले मङ्सिर १ गतेदेखि नगरक्षेत्रभित्र प्लाष्टिकको झोला प्रयोगमा बन्देज लगाएको छ । प्लाष्टिकका झोला मौज्दात भएमा मङ्सिर महीनाभित्र हटाउन आग्रह गर्दै नगरपालिकाले पुष १ गतेदेखि अनुगमन गरी प्लाष्टिकका झोला जफत गरिने बताएको छ । प्लाष्टिकका झोला प्रयोगमा बन्देज लगाउन नगरपालिकाले वैकल्पिक झोला निर्माण तालीम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक.....

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक.....

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

कान्दाहार, २० मङ्सिर (रासस /सिन्हवा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी.....

उलान बटोर, २० मङ्सिर (रासस/सिन्ह्वा) – एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि.....

सोल, २० मङ्सिर (रासस/सिन्ह्वा) : संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np