अस्पतालमा राजनीति नगर्न मन्त्री ढकालको आग्रह

प्रकाशित मिति: १५ मंसिर २०७६, आईतवार ०७:५०   सम्पादक: admin

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गर्नुभएको छ । “म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु ।तपाईंहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ । सबै मिलेर सेवाभावले काम गरौँ”, मन्त्री ढकालले थप्नुभयो, “अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने गरेको छु, त्यो रोक्ने प्रयत्न मेरो रहने छ ।” अस्पतालको स्तरवृद्धि र साधन स्रोतको व्यवस्थापन प्राथामिकताका आधारमा हुने उहाँको भनाइ थियो । गरीब बिरामीले सेवा र औषधि नपाउने समस्या समाधानमा आफ्नो मुख्य दायित्व रहेको मन्त्री ढकालले बताउनुभयो । सरकार र विदेशी निकायले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रशासनिक खर्चमा बढी हुने गरेको बताउँदै उहाँले यसलाई कटौती गर्ने तयारीमा आफू रहेको जानकारी दिनुभयो ।

ढकालले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा गरिएको लगानी प्रशासनिक खर्च र सेमिनारका लागि विदेश जाने गरेको पाएको छु, यो बेथिति रोक्ने काम गर्नेछु”, उहाँले थप्नुभयो, “बिरामीले औषधि महङ्गोमा किन्नुपरेको समेत जानकारी आएका कारण यसलाई पनि रोक्ने मेरो प्रयत्न रहने छ ।” भरतपुर अस्पतालको आफ्नो जमीन अरुलाई बाँडिसकेको प्रसङ्ग कोट्याउँदै उहाँले यो अस्पताल सम्पत्ति भएर सुकुम्वासी बाबुआमाजस्तो भएको बताउनुभयो । मन्त्री ढकालले अस्पतालले स्वामित्वसमेत दिएको जग्गा फर्काउन कठिन हुने भएकाले भोगचलनका लागि दिइएको जग्गाको विषयमा अध्ययन गरी फिर्ता लिने प्रक्रिया अघि बढाउने बताउनुभयो । आफू कानूनको विद्यार्थी भएकाले स्वास्थ्य क्षेत्रको विषयमा बुझ्ने काम भइरहेको बताउँदै उहाँले चिकित्सा सेवालाई प्रभावकारी र सेवामुखी बनाउनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा श्रीराम तिवारी, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरीटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, डा भोजराज अधिकारीलगायतले अस्पतालका समस्याका बारेमा मन्त्री ढकाललाई जानकारी गराउनुभएको थियो । गत वर्ष मात्र भरतपुर अस्पताल केन्द्रीय अस्पतालको रूपमा विकास भएको हो । अस्पतालमा ६०० श्यया छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीले भरतपुर अस्पतालबाट सेवा लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक.....

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक.....

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

- Indian police on Friday shot dead four detained gang-rape and murder suspects as they were re-enacting their alleged crime, prompting outrage but also wild celebrations. The men, who had been in custody for a week, were shot early Friday morning as they tried to escape during the re-enactment in.....

कृष्णराज गौतम निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य.....

कान्दाहार, २० मङ्सिर (रासस /सिन्हवा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np