गुणस्तरीय स्वास्थ्य समृद्ध नेपालको आधार : उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति: १५ मंसिर २०७६, आईतवार ०७:३०   सम्पादक: admin

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गुणस्तरीय स्वास्थ्य भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताउनुभएको छ । बसुन्धरास्थित ‘काठमाडौँ नेचरोप्याथी अस्पताल’को आज शुभारम्भ कार्यक्रममा उहाँले पूर्वाधार निर्माण भएर मात्र मुलुक समृद्ध हुने बताउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको बताउनुभएको हो । उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्साको माध्यामबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर सो अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको बताउनुभयो । “राम्रो कामको थालनी भएको छ, अखण्डित ढङ्गले सेवा प्रदान गर्नुहोस्”, शुभकामना दिँदै उहाँले भन्नुभयो । अस्पतालको विकासका लागि सरकारका तर्फबाट सहयोग गर्ने उहाँको भनाइ थियो । पूर्वमन्त्री रामबहादुर गुरुङले योग र प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएकाले गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ योग चिकित्सक हरिप्रसाद पोखरेलले सरकारले सरुवा रोगको उपचारका लागि ठूलो धनराशि खर्च गरे पनि नसर्ने रोगका बारेमा काम गर्न नसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एलोपेथिक मन्त्रालयको रूपमा मात्र रहेको उहाँको भनाइ थियो । सो अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योग थेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गरिने अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, ल्याब, विशिष्ट आवासकक्ष, जीवनशैली क्लिनिक सुविधा छन् । बिनाऔषधि र बिना शल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम, खोकी, कम्मर, गर्धन, बाथ, हड्डीसम्बन्धी रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा यन्जन गैरेले जानकारी दिनुभयोे ।

तपाईको प्रतिक्रिया

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक.....

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक.....

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

At least 15 Taliban militants were killed as fighting planes pounded the hideouts of the Taliban fighters in the southern Kandahar and Helmand provinces on Thursday, said an army statement released on Friday. The air operations, according to the statement, struck the armed outfit's hideouts in.....

- Indian police on Friday shot dead four detained gang-rape and murder suspects as they were re-enacting their alleged crime, prompting outrage but also wild celebrations. The men, who had been in custody for a week, were shot early Friday morning as they tried to escape during the re-enactment in.....

कृष्णराज गौतम निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np