काष्ठमण्डपका लागि थप काठ धनगढीबाट ल्याइने

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिबार ०९:२१   सम्पादक: admin

काष्ठमण्डप पुनःनिर्माणका लागि अभाव भएको आवश्यक आठ हजार क्युफिट काठ धनगढीबाट ल्याइने भएको छ । अगुप भएको काठ आगामी पुस १५ सम्ममा ल्याइने तयारी गरिएको छ । उक्त मितिसम्म काठ ल्याउन नसके पुनःनिर्माणको काम रोकिने छ । छानाका लागि काठको समस्या भएको र त्यसका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा उक्त स्थानबाट काठ ल्याउने तयारी गरिएको हो । निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोकामा बट्टा कुद्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । त्यसैगरी अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ । “अहिले मुख्य चार थाम राखी बिचमा गारो लगाउने काम सकिएको छ”, उहाँले भन्नुभयो । समयमा नै काठको व्यवस्था भए यसअघिको भन्दा तीव्ररुपमा काम हुने जनाइएको छ । निर्माणका लागि अहिले दैनिक ३० कामदारले नियमितरुपमा काम गरिरहेका छन् । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रुपमा सो सम्पदाको पुनःनिर्माण शुरु गरिएको हो ।

तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । चार वर्षभित्र निर्माणकार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक.....

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक.....

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

उलान बटोर, २० मङ्सिर (रासस/सिन्ह्वा) – एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि.....

सोल, २० मङ्सिर (रासस/सिन्ह्वा) : संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि.....

२० मङ्सिर (रासस÷सिन्ह्वा) : अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np