मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती

प्रकाशित मिति: १२ मंसिर २०७६, बिहीबार ०६:४४   सम्पादक: admin

कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायतका उद्योग सञ्चालन गरिरहेको गोल्यान घरानाले नयाँ उद्यममा लगानी बढाएको हो । प्रालिले मदरगाछमा ‘ड्रागन फ्रुट’ मात्र नभएर स्ट्रबेरी, मेवा र कागतीको पनि व्यावसायिक खेती गरिरहेको छ । यो खेती उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने हुँदा यहाँको माटो यसका लागि उर्वर रहेको प्रालिका व्यवस्थापक नवीन खनालले बताउनुभयो । हाल यहाँ अहिले ६ हजार बिरुवा हुर्किरहेका छन् । एक हजार ५०० वटा आठ फिटभन्दा अग्ला सिमेन्टका पोल लहरै गाडिएका छन् । एउटा सिमेन्टको पोलमा चार वटा लहरा हुर्किरहेका छन् । खेतीमा १५ जना स्थानीय कामदारले रोजगारी पाइरहेका छन् । गोल्यान समूहले ‘ड्रागन फ्रुट’ खेतीमा रु दुई करोडभन्दा बढीको लगानी गरिसकेको र अर्को वर्ष खेती विस्तार गरेर तेब्बर पार्ने योजना रहेको व्यवस्थापक खनालले बताउनुभयो । दाङ र काभ्रेमा पनि ‘ड्रागन फ्रुट’को खेती भइरहेको छ ।

यो फल विसं २०५७ मा पशु चिकित्सक डा जगन्नाथ राईले एक अमेरिकी इञ्जिनीयरमार्फत भियतनामबाट नेपाल भित्र्याएको मानिन्छ । खनालका अनुसार सिउडी हुर्किने गर्मी ठाउँमा यो फलको खेती हुन्छ । स्वास्थ्यका लागि लाभदायक १२ प्रकारका खनिज, पोषण र भिटामिन तत्वको मिश्रण पाइने भएकाले विश्वभर नै यसले महङ्गो मानिन्छ । एउटा सिमेन्टको पोलमा लहरिएका बोटबाट वर्षेनी २० देखि ३० किलोसम्म फल उत्पादन गर्न सकिने र यसको बजार मूल्य रु आठ सयदेखि रु एक हजारसम्म हुने बताइएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम र इनर्जी ड्रिङ्क पनि बनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक.....

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक.....

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

- Indian police on Friday shot dead four detained gang-rape and murder suspects as they were re-enacting their alleged crime, prompting outrage but also wild celebrations. The men, who had been in custody for a week, were shot early Friday morning as they tried to escape during the re-enactment in.....

कृष्णराज गौतम निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य.....

कान्दाहार, २० मङ्सिर (रासस /सिन्हवा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np