विद्यालय भवन पुनःनिर्माण

प्रकाशित मिति: ४ कार्तिक २०७५, आईतवार ०७:१४   सम्पादक: admin

म्याग्दी, ४ कात्तिक (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण गरेका छन् । सरकारी निकाय, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा पुगेका शिखका बासिन्दाको रु तीन करोड २८ लाखको लागतमा १७ कोठे दुई वटा भवन पुनःनिर्माण भएको हो । २०७२ को भूकम्पले चर्काएको र भत्काएको भवन पुनःनिर्माणमा सरकारी निकायको तुलनामा समुदायको लगानी बढी रहेको व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले बताउनुभयो । तत्कालीन जिविस, गाविस र शिक्षा कार्यालयको ६६ लाख, दाताको एक करोड ६६ लाख र समुदायको ९६ लाख रुपैयाँमा विद्यालय भवन नयाँ बनेकोे हो । दुई वटै भवन अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी क्षमताका छन् । २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो कक्षा कोठा भवन जीर्ण बनेपछि विद्यार्थी जोखिम मोलेर पढ्दै आएका थिए । गत वर्ष सरकारी निकायको रु ५० लाख अनुदान र समुदायको रु ९० लाखको लागतमा छकोठे भवन निर्माण भएको थियो ।

ब्रिटिस गोर्खा वेयलफेयरको रु एक करोड ६६ लाख सहयोगमा यस वर्ष आठकोठे अर्को भवन पुनः निर्माण गरिएको अध्यक्ष बुद्धुजाले बताउनुभयो । गत वर्ष निर्माण भएको आठकोठे भवनमा यसपालि जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको १६ लाख र समुदायको ६ लाख रुपैयाँ बराबरको सहयोगमा तीन वटा कोठा थप गरिएको छ । पोखरा, काठमाडौं र प्रवासमा रहेका शिखका बासिन्दा तथा पूर्वविद्यार्थीहरुले विद्यालय भवन पुनः निर्माणमा सहयोग गरेका प्रधानाध्यापक केदार कार्कीले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा १९१ जना विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया

बनियानी, ३ माघ (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य.....

नारायणपुर, ३ माघ (रासस) : नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन.....

वासिङटन, १ माघ (रासस/एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम.....

काठमाडौँ, ३ माघ (रासस) : दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ.....

–रीता लामा घोराही, ३ माघ (रासस) : प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले.....

राँझा, ३ माघ (रासस) : बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । आर्थिक तथा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np