चार महिनाको तलब विद्यालयलाई

प्रकाशित मिति: ३० आश्विन २०७५, मंगलवार १०:२९   सम्पादक: admin

–तारानाथ आचार्य बलेवा, ३० असोज (रासस) : बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ । थापाले वडाध्यक्षको रुपमा काम गर्न बाँकी रहेको चार वर्षमध्ये प्रत्येक वर्ष एक विद्यालयका दरले वडाभित्रका चारै विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । हरेक बर्ष एक महिनाको तलब भत्तालगायतका सुविधा विद्यालयमा हस्तान्तरण गरेर अक्षयकोष स्थापना गर्न लागेको उहाँले बताउनुभयो । अक्षय कोषको ब्याजबाट आउने रकमलाई आवश्यकताका आधारमा विभिन्न शीर्षकमा खर्च गर्नेगरी विद्यालयको संरक्षणमा राखिने छ । गरीबीका कारण विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षादिक्षा, छात्रावृत्ति, पुरस्कार वितरण लगायतका विद्यार्थीको वृत्ति विकासलगायत शीर्षकमा खर्च हुने गरी अक्षयकोष स्थापना गर्न लागिएको हो । ‘एक महिनाको सबै सुविधा विद्यालयलाई उपलब्ध गराउँदा विपन्न विद्यार्थीलाई सहयोग पुग्छ, भन्ने लागेको छ’ वडाध्यक्ष थापाले भन्नुभयो, “मैले शुरुवात मात्रै गरेको हो, सामुदायिक विद्यालयको सुधारका लागि अन्य मनकारीले पनि सहयोग गर्नुहुन्छ, भन्ने लागेको छ ।”

जनप्रतिनिधि भएकाले समाजको उत्तर दायित्व आफूमा रहेको भन्दै उहाँले विद्यार्थीको उज्वल भविष्यका लागि अक्षयकोष स्थापना गर्ने सोच बनाएको बताउनुभयो । दशैँका लागि रु एक अर्ब विप्रेषण भित्रियो नवरात्री शुरु भएसँगै बागलुङका रेमिट्यान्स (विप्रेषण) केन्द्रमा मानिसको भीडभाड लाग्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाले दशैँखर्च पठाउने र आफू घर फर्किंदा रेमिट्यान्समार्फत पैसा पठाएर आउने भएकाले केन्द्रमा भीड लागेको हो । रेमिट्यान्स केन्द्रमा लागेको भीडसँगै दशैँतिहारका लागि बागलुङमा झण्डै रु एक अर्ब रेमिट्यान्स भित्रिएको छ । बागलुङ मनिट्रान्सफरका सञ्चालक दुर्गा कुँवरले अहिलेसम्म आफूले मात्र रु छ करोड भन्दा बढी रेमिट्यान्स वितरण गरिसकेको बताउनुभयो । कुँवरले आफ्नो मनिट्रान्सफरमा अघिपछि भन्दा यस बेला दैनिक रु ४० लाखदेखि रु ५० लाखसम्म हाराहारीमा कारोबार हुनेगरेको बताउनुभयो । बागलुङ सदरमुकामका सयपत्री, कालिका, क्वीक, बागलुङ कालिका मनिट्रान्सफर, गलकोट, बूर्तिवाङ, कुश्मीसेरा, खर्वाङलगायतका ठाउँमा दर्जनांै मनिट्रान्सफरबाट दशँैका बेला दैनिक रु छ करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।

कालिका मनिट्रान्सफर बागलुङका सञ्चालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढ्ने गरेको बताउनुभयो । सयपत्री मनिट्रान्सफरका देबु पौडेलले अन्य समयमा रु ८–१० लाख रेमिट्यान्स कारोवार हुने गरेकोमा यो समयमा दिनहुँ रु २५ देखि रु ३० लाखको हाराहारीमा कारोबार हुने गरेको बताउनुभयो । लाहुरेको जिल्लाका रुपमा परिचित बागलुङमा दशैँका बेला अन्य समयमा भन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको व्यवसायीको अनुभव छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अत्याधिक भएकाले दशैँका बेला करोडौँं रुपैयाँ रेमिट््यान्स भित्रने गरेको रमिट््यान्स व्यवसायी बताउछन् ।रेमिटान्स (विप्रेषण) भुक्तानी केन्द्रका अलावा बैंक तथा अन्य वित्तीय संस्थामार्फत समेत भित्रिइरहेको छ । ३२ परिवारलाई खाद्यन्न सहयोग वडा दशैँको अवसर पारेर यहाँका एक गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बागलुङ जैमिनी नगरपालिका–७ जैदी बझिनिका विपन्न बालबालिकाका परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको हो । बाल संरक्षण विकास समिति बागलुङको सहयोगमा वडा कार्यालयले बझिनीका ३२ परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको जनाएको छ । उनीहरुलाई चामल, दाल, नुन तेललगायतका खाद्यान्न हस्तान्तरण गरिएको वडा सदस्य केन्द्र रसाईलीले बताउनुभयो । राम्रो सँग दशैँ मनाउनका लागि विपन्न परिवारलाई सहयोग गरिएको बाल संरक्षण विकास समितिका अध्यक्ष धना आचार्यले बताउनुभयो । परिवारमा गरीबीको समस्या रहँदा बालबालिकाको खानपानमा समस्या आउने भएकाले बालबालिकालाई लक्षित गरी खाद्यान्न हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

पुत्राजया, मलेसिया, ५ मङ्सिर (रासस ÷सिन्ह्वा) : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी.....

रुपन्देही, ५ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषामा कार्यरत प्रहरी सहायक.....

–दीपक बोहरा लमही, ५ मङ्सिर (रासस) : ‘धेरै संस्थाहरु गाउँमा आउँछन्, तपाईका समस्या के–के छन्, भन्छन् । कार्यक्रम.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np