सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार ११:३५   सम्पादक: admin

उर्लाबारी, २६ असोज (रासस) : सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त सिभिल ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण प्राविधिक शिक्षातर्फ बढेको हो । सो विद्यालयमा सिभिल सव ओभरसियर कक्षा आजदेखि सञ्चालनमा आएको छ । सय बढी विद्यार्थीले आवेदन दिए पनि कोटा अनुरुप ४० जनाको मात्र भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक शारदा पाण्डेले जानकारी दिनुभयो । रोजगारीको अवसर, आफ्नै पेशा सञ्चालनमा सहजजस्ता कारणले सिभिल ओभरसियरतर्फ विद्यार्थीको आकर्षण बढेको पाण्डेको भनाइ छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उर्लाबारी– ३ का वडा सदस्य सोमप्रसाद तिम्सिना (राम)ले नगरपालिकाबाट प्राप्त आफ्नो तलब, भत्ता र सुविधाबापत एक वर्षको एक मुष्ट रकम विद्यालयलाई हस्तान्तरण गर्नुभयो । उहाँले विद्यालयको अक्षय कोषमा रहने गरी रु एक लाख २५ हजार ५०० नगद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुइँकेल र प्रअ पाण्डेलाई प्रदान गर्नुभयो ।

आफू सोही विद्यालयमा प्रारम्भिक शिक्षा लिएको उल्लेख गर्दै तिम्सिनाले जो जता पुगे पनि धरातल बिर्सिन हुन्न र आफ्नो पहिलो खुड्किलोलाई माया गर्नुपर्छ भन्नुभयो । दुर्गा माविमा निम्नस्तरका विद्यार्थीको अध्ययन सहज भएको बताउँदै यस्ता विद्यालयलाई सबैले सहयोग गर्न विद्यालयका सहप्रधानाध्यापक श्रीप्रसाद न्यौपानेले आग्रह गर्नुभयो । सिभिल सव ओभरसियरको कक्षा, पुस्तकालय र कम्प्युटर प्रयोशालाको मोरङ क्षेत्र नंं १ का सांसद घनश्याम खतिवडाले आज उद्घाटन गर्नुभयो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा खतिवडाले सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताउनुभयो । उहाँले संसार नै प्रविधिमैत्री हुँदै गएकाले सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो । “अबको युग नै प्रविधिको हो, हामीले प्राविधिक शिक्षामा जोड दिएका छौँ”, सांसद खतिवडाले भन्नुभयो । सबैतिर सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा पढाउने अनुमति दिनुपर्ने भन्दै सांसद खतिवडाले भन्नुभयो, “निजी होइन अब सरकारी सामुदायिक विद्यालयबाट नै प्राविधिक शिक्षालाई जोड दिनुपर्छ ।”

प्रदेशसभा सदस्य कुशल साम्बा लिम्बूले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक र सिटिइभिटीसँग ठूलो अपेक्षा गरिएको बताउनुभयो । उहाँले प्राविधिक जनशक्ति पर्याप्त उत्पादन गर्न सकेमात्र देश विकास हुने बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका उपप्रमुख लक्ष्मी भण्डारी, वडा नं ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा सदस्य सोमप्रसाद तिम्सिना (राम) लगायतले प्राविधिक विषयको अध्ययन गर्नेले रोजगारीको अवसर पनि चाँडै पाउने र रोजगारी नभएमा आफैँ व्यवसाय सञ्चालन गर्न सक्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको.....

बर्दिवास, २७ मङ्सिर (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशविन्दु.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np