सुनिन छाडे मालश्री धून

प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार ११:१९   सम्पादक: admin

– बालाराम खड्का तुलसीपुर, २६ असोज (रासस) : मालश्रीको धूनसँगै दशैँमा बिहानै घरमा दुर्गा जगाउँदै गाउँदा दशैँ आएको सङ्केत गर्छ । तर, अचेल भने यस क्षेत्रमा मालश्रीका धून सुनिन छाडेका छन् । केही वर्ष पहिलेसम्म दशैँमा घरघरमा सारङ्गी बाजासहित दुर्गा जगाउन आउने गन्धर्व समुदाय हाल भने देखिन छाडेका छन् । पहिले प्रत्येक घरघरमा गन्र्धव समुदायका व्यक्ति दुर्गामा मालश्रीको धूनसँगै गाउन आएपनि अचेल एक दुई स्थानमा मात्र सो धुन बज्ने गरेको छ । “पहिलेपहिले बिहानै दुर्गा जगाउन भन्दै गन्धर्व समुदायका व्यक्ति घरघरमा आउने गर्दथे, हाल भने सो धुन लोप हुने अवस्थामा छ”, दाङ तुलसीपुर–७ का स्थानीय समाजसेवी कृष्णकुमार गिरीले बताउनुभयो । तुलसीपुर–७ का विमल गौतमले एक जना गन्धर्व भएपनि आफ्नो घरमा आउँदा पुरानै संस्कृतिको जगेर्ना भएकामा खुशी व्यक्त गर्नुहुन्छ । हाल एक÷दुई बाहेक अन्य गन्धर्वले सो पेशा छाडेका छन् । युवा पुस्ताले चासो नदिँदा तथा राज्यले आफूहरुको पेशा संरक्षणका लागि चासो नदिँदा मालश्री तथा अन्य समयमा सारङ्गी बाजा बज्न छोडेको तुलसीपुर–४ निवासी शालिकराम गन्धर्वको भनाइ छ । “राज्यले यसतर्फ कुनै चासो दिएन, हाम्रो छोराछोरीले पनि पेशा अँगालेनन्”, उहाँले भन्नुभयो ।

कहीँकतै एक÷दुई जना गन्धर्वले पुख्र्यौली पेशा अँगाले पनि नयाँ पुस्ताले निरन्तरता दिन नसकेकोले पेशा सङ्कटमा परेको बताइएको छ । कसैले आग्रह गरेमा केही घरमा आफू दुर्गा गाउन जाने गरेको र एक्लैले नभ्याउने उहाँको भनाइ छ । “हामी जस्तै दुई÷चार जना पुराना व्यक्तिले संस्कृति जर्गेना गर्ने प्रयास गरेका छौँ”, घटस्थापनादेखि दुई÷चार घरमा दुर्गा जगाउँदै आएका छौँ”, प्रेम गन्धर्वले भन्नुभयो । दाङको तुलसीपुर–४ मा करीब ६० घर गन्धर्व परिवारको बसोबास भए पनि थोरैले मात्र सारङ्गीवादन जानेका छन् । आफूहरुलाई राज्यले सहयोग नगर्दा सारङ्गी बाजा लोप हुने अवस्थामा पुगेको अर्जुन गन्धर्वले बताउनुभयो । उहाँले स्थानीय निकाय तथा सम्बन्धित संस्थाले आफूहरुको पेशा संरक्षण र जीविकोपार्जनका लागि ठोस कार्यक्रम ल्याउनसमेत माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

–पवित्रा घिमिरे पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका लागि भत्ता वृद्धि भएसँगै.....

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आफ्नो गाउँमै रोजगारी पाउँदा बाँकेको बैजनाथ गाउँपालिकाका महिला.....

बझाङ, २ असार (रासस) : सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से। १ ज १०७२ नम्बरको जीप.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np