नागरिकको सेवामा महानगर निरन्तर : प्रमुख शाक्य

प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार ०८:३८   सम्पादक: admin

काठमाडौँ, २६ असोज (रासस) : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि कामपा निरन्तर लागिरहेको बताउनुभएको छ । कामपा वडा नं ३ महाराजगञ्ज चोकमा निर्माण गरिएको सडक सङ्केत बत्ती सञ्चालनमा ल्याइने क्रममा प्रमुख शाक्यले उक्त धारणा राख्नुभएको हो । भूकम्पको कारण क्षति पुगेको सो सडक बत्ती रु २५ लाख खर्चमा बनाइएको हो । उक्त सडक बत्तीको रिमोट प्रमुख शाक्यले आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गर्नुभयो । “विकास व्यवस्थापनका लागि सबै अधिकार महानगरमा आइपुगिसकेको छैन कामपाको अधिकारमा आएका कार्य क्रमिक रुपमा गरिँदै आएको छ”, शाक्यले भन्नुभयो । महानगरभित्रका ठूला सडकको निर्माण, मर्मतसम्भार तथा व्यवस्थापन सडक विभागको जिम्मामा छ । तर विभागबाट यसमा पर्याप्त काम नभएपछि महानगरले काम गरेको हो । वडा नं– ३ का वडा अध्यक्ष दीपक केसीका अनुसार सो वडामा राष्ट्रियस्तरका पाँच अस्पताल छन् । पैदलयात्रु र सवारी आवागमन सहज बनाउन सडक बत्ती जडान गरिएको हो ।

महाराजगञ्जको प्रणालीबाट प्राप्त प्रभाव र आवश्यकता हेरेर वडासँगै शहरका अन्य ठूला चोकमा विस्तार गर्ने महानगरको योजना रहेको कामपा सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाको भनाइ थियो । वडा नं ३ मा महाराजगञ्ज चोक, वसुन्धरा, सामाखुशी गरी तीन ठूला सडक चोक छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको.....

बर्दिवास, २७ मङ्सिर (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशविन्दु.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np