नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलवार ०९:३१   सम्पादक: admin

तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ । चितुवाको आक्रमणबाट नगरपालिकाका विभिन्न वडामा पाँच जना बालबालिकाको मृत्यु भइसकेकाले जतिसक्दो चाँडो चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुखलगायत काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको ध्यानाकर्षण गराउनुभएको हो । राष्ट्रियसभा सदस्य प्रकाश पन्थले मानिसको जीवन मूल्यसँग तुलना गर्न नमिल्ने भएकाले स्थानीयवासीको जीउज्यानको सुरक्षा गर्न चितुवा नियन्त्रणका लागि गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो । चितुवाले दिनप्रतिदिन बालबालिकामाथि आक्रमण गरे पनि चितुवा नियन्त्रणमा लिन नसक्दा भानुमा सरकारको उपस्थिति नरहेको स्थानीय जनताले अनुभूति गर्न थालेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो ।

“भानु नगरपालिकामा स्थानीयवासी अत्यन्तै त्रसित छन्”, वाग्लेले भन्नुभयो, “चितुवा नियन्त्रणका लागि प्रशासन गम्भीर बन्नुपर्ने देखिएको छ ।” प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सबैको सहयोगबाट नरभक्षी चितुवा नियन्त्रणमा लिइने बताउँदै जिल्ला सुरक्षा समितिको बैठकले चितुवालाई गोली हानेर मार्ने आदेश दिइसकेको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताउँदै घर नजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने बताउनुभयो । प्रमुख बरालले चितुवा नियन्त्रणका लागि पहल भइरहेको पनि जानकारी दिनुभयो । “जङ्गलमा पाइने चितुवाको आहारा नष्ट हुनेक्रम बढेसँगै चितुवा बस्ती नजिक आउने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “आहारा खोज्दै चितुवा बस्ती नजिक आएपछि मान्छेलाई आक्रमण गरेर ज्यान लिने गरेको छ ।”

गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक र सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई ढुक्कसँग बस्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या पाँच पुगेको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । यसरी चितुवाको आक्रमणबाट मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०÷१० लाख उपलब्ध गराइसकिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी.....

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र.....

–नारायण ढुङ्गाना अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ.....

के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन.....

Hundreds of thousands of Colombians took to the streets of the capital Bogota on Thursday amid a general strike to protest the policies of President Ivan Duque's right-wing government. There were reports of clashes and arrests as trade unions, students, opposition parties and the South American.....

Several Indonesian ministries are banning pregnant, disabled, or LGBT job hunters in favour of what one called "normal" applicants, the Ombudsman said Friday, slammed as "arbitrary and hateful restrictions" by a rights group. The report comes as the world's biggest Muslim majority country takes.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np