शान्तिपुर मन्दिरको जीर्णोद्धार चार करोडमा

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलवार ०९:१७   सम्पादक: admin

विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ । भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा व्यवस्थापनमा सक्रिय महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको आर्थिक स्रोतबाट खर्च गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्तिबाट निर्माण गर्नुपर्ने उक्त सम्पदामा तान्त्रिक देवी भएकाले विशेष पूजा गरिनेछ । केही गोप्य कागजपत्र, तान्त्रिक पूजाका अभ्यास र तान्त्रिक देवदेवीको साधना विधि राखिएका छन् । उक्त सम्पदा कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न सकिँदैन, सर्वसाधारणलाई भित्र जान प्रतिबन्ध गरिएको छ ।

शान्तिपुरभित्र भएका भित्तेलेखन मल्लकालीन समयसँग मिल्दोजुल्दो पाइएकाले आठौँदेखि १२औँ शताब्दीको बीचमा सो मन्दिर निर्माण भएको विश्वास गरिएको छ । स्वयम्भू महाचैत्यदेखि करीब ३०० मिटरको दूरीमा रहेका उक्त सम्पदा काठमाडौँ महानगरपालिका–१५ मा पर्छ । सम्पदा प्राचीन भए पनि पछिल्लो समय विकास भएका प्रविधिको प्रयोग गरी मर्मतसम्भार गरिएको छ । स्वयम्भू तथा त्यस वरपर क्षेत्रमा शान्तिपुर, अग्निपुर, वायुपुर, नागपुर, अनन्तपुरलगायत महत्वपूर्ण सम्पदा छन् । अग्निपुर, शान्तिपुर, प्रतापपुर र पुरानो तामाङ गुम्बा पूर्णरूपमा भत्किएका सम्पदा हुन् । पुरातत्व विभागका अनुसार २०७२ को भूकम्पमा परी कूल ७५३ चैत्य, मन्दिर तथा गुम्बलगायत सम्पदामा क्षति पुगेको थियो । देशभर भूकम्पबाट क्षतिग्रस्त भएका विभिन्न धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्घार कार्यले गति लिन सकेको छैन ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी.....

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र.....

–नारायण ढुङ्गाना अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ.....

के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन.....

Hundreds of thousands of Colombians took to the streets of the capital Bogota on Thursday amid a general strike to protest the policies of President Ivan Duque's right-wing government. There were reports of clashes and arrests as trade unions, students, opposition parties and the South American.....

Several Indonesian ministries are banning pregnant, disabled, or LGBT job hunters in favour of what one called "normal" applicants, the Ombudsman said Friday, slammed as "arbitrary and hateful restrictions" by a rights group. The report comes as the world's biggest Muslim majority country takes.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np