इमरान खान साउदी अरेबिया जाने

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलवार ०८:०२   सम्पादक: admin

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया पुग्नुहुने भएको छ । अरब खाडी क्षेत्रमा उत्पन्न सङ्कटका बारेमा छलफल गर्न प्रधानमन्त्री खान इरान र साउदी अरेबियाको भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री खानले इरानी राष्ट्रपति हसन रौहानीसँग सोमबार राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्नुभएको थियो । जियो न्यूजका अनुसार साउदी अरेबिया र इरानबीच उत्पन्न गतिरोधले क्षेत्रमै असर पार्न थालेको भन्दै प्रधानमन्त्री खानले सम्भावित मध्यस्थताका लागि दुबै देशको भ्रमण गर्नुभएको हो । इरानी राष्ट्रपति रौहानीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री खानले इरान र साउदी अरेबियाबीच कुनै किसिमको द्वन्द्व नहोस् भन्ने पक्षमा पाकिस्तान रहेको बताउँदै द्वन्द्व समाधानका पक्षमा इरानी राष्ट्रपतिसँग रचनात्मक वार्ता भएकामा आफू निकै आशावादी रहेको बताउनुभयो । प्रधानमन्त्री खानले इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री खानका साथ विदेशमन्त्री शाह महमूद कुरेसी र प्रधानमन्त्रीका सल्लाहकार सइद जुल्फिकार अब्बास बुखारी पनि रहनुभएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले साउदी राजकुमार मोहम्मद बिन सल्मानसँग खाडी क्षेत्रमा उत्पन्न गतिरोधका बारेमा छलफल गर्नु हुनेछ । गत महिना राष्ट्रसंघको ७४औं महासभामा भाग लिन जानेक्रममा पनि प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गरी राजकुमार सल्मानसँग भेटवार्ता गर्नुभएको थियो । साउदी अरेबियाका दुई वटा ठूला तेल प्रशोधन केन्द्रमा गत सेप्टेम्बर १४ मा ड्रोन आक्रमण भएपछि इरान र साउदी अरेबियाबीचको तनाब चुलिएको छ । उक्त आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिए पनि अमेरिका र साउदी अरेबियाले ड्रोन हमला इरानबाट भएको दाबी गरिरहेका छन् ।

तर इरानले भने उक्त आक्रमण आफूले नगरेको भन्दै अमेरिका र साउदी अरेबियाको दाबीको खण्डन गरिरहेको छ । तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरुले विश्व बजारमा तेलको मूल्य वृद्धि भएको थियो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी.....

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र.....

–नारायण ढुङ्गाना अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ.....

के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन.....

Hundreds of thousands of Colombians took to the streets of the capital Bogota on Thursday amid a general strike to protest the policies of President Ivan Duque's right-wing government. There were reports of clashes and arrests as trade unions, students, opposition parties and the South American.....

Several Indonesian ministries are banning pregnant, disabled, or LGBT job hunters in favour of what one called "normal" applicants, the Ombudsman said Friday, slammed as "arbitrary and hateful restrictions" by a rights group. The report comes as the world's biggest Muslim majority country takes.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np