एक चिकित्सकको भरमा डडेल्धुरा अस्पताल

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलवार ०७:४४   सम्पादक: admin

– भूपेन्द्रसिंह विष्ट पर्शुरामधाम, २८ असोज (रासस) : अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल घोषणा गरे पनि पछिल्लो समयमा यसको सेवा खस्कँदै गइरहेको छ । चिकित्सक, जनशक्ति र भौतिक संरचनाको अभावले गर्दा अस्पतालले दिनुपर्ने जति सेवा दिन सकिरहेको छैन । टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापना गरिएको हो । यहाँका स्थानीय बसिन्दा र राजनीतिक दलका नेताहरुले आन्दोलन नै गरेका कारण त्यति बेलाको टिम अस्पताललाई सरकारले गत २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषणा गरेको थियो । गत असारमा प्रदेश मातहतमा गएको यस अस्पताललाई गत फागुनमा सङ्घको मातहतमा रहने गरी नाम परिवर्तन गरेर स्तरोन्नति गरिएको हो ।

कहिले प्रदेश सरकार त कहिले विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी सङ्घीय सरकारको मातहतमा राखिएको यस अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन् । “एक महीना अगाडि मेरी श्रीमती पनि सुत्केरी भएकी थिइन् तर, यहाँ सेवा नहुँदा उनी तराईमा गएर सुत्केरी भइन्,” सेवाग्राही ज्ञानेन्द्र ताम्राकार भन्नुहुन्छ – “उपचारका लागि बाहिर जानुपर्दा समस्या हुने गरेको छ । यो अस्पतालको नाम मात्रै विशिष्ट छ, जुन सेवा सुविधा पाउनुपर्ने हो त्यो पाइँदैन । बिरामी आउँछन् नाम लेखाएर रिफर भएर जान्छन् ।” चिकित्सक अभावमा पहाडी क्षेत्रका बिरामीले महङ्गो शुल्क तिरेर निजी अस्पताल तथा तराईका अन्य जिल्ला धाउनुपर्ने बाध्यता रहेकाले दरबन्दीअनुसारका चिकित्सक आउनुपर्ने उहाँको माग छ । समायोजनपछि डाक्टरलाई समस्या स्तरोन्नति भए पनि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक र दक्ष जनशक्ति नहुँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता छ । दैनिक २०० जनासम्म बिरामी आउने यो अस्पतालमा रहेका डाक्टरलाई बिरामी जाँच गर्न नै धौधौ छ । अहिले अस्पतालमा एकजना मात्र चिकित्सक कार्यरत छन् ।

“बिरामी धैरै आउँछन्, उनीहरुलाई जाँच गर्नकै लागि पनि समय हुँदैन,” चिकित्सक नरेश श्रेष्ठले भन्नुभयो – “अहिले ओपिडीमा दैनिक १००–२०० जना बिरामी आइरहेका छन् तर, काम गर्ने चिकित्सक छैनन् । एकजना चिकित्सकले ओपिडी हेर्ने कि वार्डमा हेर्ने कि इमर्जेन्सीमा हेर्ने ?” नेपाल सरकारले तुरुन्तै स्वास्थ्य मन्त्रालय अथवा विभागबाट करार तथा रिक्त रहेका दरबन्दी पूर्ति गर्नुपर्ने उहाँको माग छ । दरबन्दी २०, पदपूर्ति शून्य अस्पतालका लागि अहिले १०८ जनाको दरबन्दी स्वीकृत भएको छ तर ३७ जना कर्मचारीकोे मात्र पदपूर्ति भएको छ । बाँकी ७१ पद रिक्त छन् । त्यस्तै, अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत हुनुपर्नेमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त छ । अस्पतालमा अहिले करारका ४५ जना र ज्यालादारीका सातजना कर्मचारी कार्यरत छन् । अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी तीनजना मात्र विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

अस्पतालमा १९ जना मेडिकल अफिसरको दरबन्दी रहेकामा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एकजना करारमा गरी जम्मा १० जना मात्र कार्यरत रहेको देखिन्छ । त्यसमध्ये छजना अध्ययन तथा असाधारण विदामा रहेको अस्पतालले जानकारी दिएको छ । बाँकी रहेका चारजनामध्ये पनि तीनजनाको समायोजन भएपछि अस्पतालमा अहिले एकजना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताउनुभयो । “यो अस्पताल सङ्घको मातहतमा रहँदा पनि दरबन्दीअनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको छ,” उहाँले भन्नुभयो – “एकजना मात्र स्थायी र तीनजना करारका डाक्टर भएकाले उपचार पद्धति कसरी अगाडि बढ्ने हो अन्योल छ ।” चिकित्सक अभावमा डडेल्धुरा अस्तालमा सञ्चालनमा आइरहेका सेवाहरुमध्ये सिजरियन सर्जरी सेवा, यू एस जी सेवा, इन्डोस्कोपी सेवा तथा एस एन सि यू सेवा समेत बन्द भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

‘एजडिसियस टिम अस्पताल’ लाई विभिन्न आरोप लगाएर हटाउन लगाएका यहाँका दल तथा नेताहरुले चिकित्सक अभाव झेलिरहेको यस अस्पतालका लागि कुनै पहल नगरेको स्थानीय बासिन्दाको आरोप छ ।

तपाईको प्रतिक्रिया

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक.....

–कृष्ण दवाडी कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा.....

(AFP) - South African Airways was placed under a state-led rescue plan on Thursday as part of a massive restructuring following a costly week-long strike last month. Thousands of South African Airways (SAA) staff walked out on November 15 after the cash-strapped airline failed to meet a string of.....

(Xinhua) -- A shooting on Wednesday afternoon in Pearl Harbor Naval Shipyard left three dead, including the gunman, and one injured. According to Robert Chadwick, Navy Region Hawaii commander, the incident occurred at about 2:30 p.m. (0030 GMT Thursday). The gunman, who killed himself, was a.....

-PHILIP MARCELO Associated Press. (AP) - A long-lasting snowstorm hit much of New England at the height of the morning commute Tuesday and continued to hang around for most of the day, snarling travel and closing schools. The wintry weather that moved into the region Sunday night brought more than.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np