भूकम्पले लडाएका घर सरकारी अनुदानमा ठडिए

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलवार ०६:१८   सम्पादक: admin

नुवाकोटमा भूकम्पले लडाएका ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घर पुनःनिर्माण गरेका हुन् ।पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्कको आधारमा जिल्लाको कूल लाभग्राहीमध्ये ७३ प्रतिशतले घर निर्माण गरेर नयाँ घरमा बसोबास गर्न थालेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख शम्भुकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएको मापदण्ड पूरा गरेर घर निर्माण गरेका धनीलाई स्थानीयस्तरमा खटिएका प्राविधिकको सिफारिशमा सरकारी अनुदानस्वरुप रु तीन लाख उपलब्ध गराइएको थियो । भूकम्पपीडितमध्ये ६७ हजार ९५५ लाभग्राही (८८.४७ प्रतिशत) ले आवास निर्माणका लागि घरको जग बसालेर अनुदानको दोस्रो किस्तावापत रु एक लाख ५० हजार लिएर घर निर्माण अन्तिम चरणमा  पुयाएका छन् ।

कूल लाभग्राहीमध्ये ७३ हजार ५१ (९५.११ प्रतिशत) ले भूकम्पप्रतिरोधी आवास बनाउनका लागि सम्बन्धित वडा कार्यालयमा सम्झौता गरेका थिए । तोकिएको मापदण्डअनुसार नयाँ घर निर्माण गर्न प्रतिबद्धता जनाएका लाभग्राहीलाई सम्झौतापश्चात रु ५० हजार अनुदान उपलब्ध गराइसकिएको कार्यालयका सूचना अधिकारी विशाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले घर पुनःनिर्माण अघि बढाएका छन् । “अनुदान रकम लिएकामध्ये थोरैले मात्र घर बनाउन बाँकी छ, तिनीहरुका लागि कार्यालयले ताकेता गरिरहेको छ”, सापकोटाले भन्नुभयो, “अहिलेको प्रगतिको आधारमा पुनःनिर्माण जारी रहेमा तोकिएको अवधिमा भूकम्पले लडाएका सबै घर पुनःनिर्माण गराउन सकिने आशा जगाएको छ ।”

सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा सम्झौता गर्नेबित्तिकै पहिलो किस्तावापत रु ५० हजार, घरको जग तहसम्म निर्माण गरेपश्चात दोस्रो किस्तावापत रु एक लाख ५० हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्तावापत रु एक लाख गरेर तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ । विनाशकारी भूकम्पले लडाएको निजी आवासको पुनःनिर्माण यो वर्षभित्रै पूरा गर्ने सरकारी लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक.....

–कृष्ण दवाडी कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा.....

(AFP) - South African Airways was placed under a state-led rescue plan on Thursday as part of a massive restructuring following a costly week-long strike last month. Thousands of South African Airways (SAA) staff walked out on November 15 after the cash-strapped airline failed to meet a string of.....

(Xinhua) -- A shooting on Wednesday afternoon in Pearl Harbor Naval Shipyard left three dead, including the gunman, and one injured. According to Robert Chadwick, Navy Region Hawaii commander, the incident occurred at about 2:30 p.m. (0030 GMT Thursday). The gunman, who killed himself, was a.....

-PHILIP MARCELO Associated Press. (AP) - A long-lasting snowstorm hit much of New England at the height of the morning commute Tuesday and continued to hang around for most of the day, snarling travel and closing schools. The wintry weather that moved into the region Sunday night brought more than.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np