मादक पदार्थ किनबेचलाई समय निर्धारण

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार ०७:१९   सम्पादक: admin

स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ । नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताउनुभयो । “भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा कार्य भइरहेको छ”, नगरप्रमुख खनालले भन्नुभयो, “बालमैत्री स्थानीय शासन तथा सामाजिक सुधारलाई मध्यनजर गर्दै हामीले अभियानका रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेका हौँ ।” विशेषगरी बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रहेको नगरपालिकाले बालबालिकालाई कुलतमा फस्न नदिने उद्देश्यले १८ वर्षमुनिका बालबालिकालाई मादक पदार्थ तथा अन्य सुर्तीजन्य पदार्थ किनबेच गर्ने कार्यमा प्रतिबन्ध लगाइएको नगरप्रमुख खनालले बताउनुभयो ।

वडा नं ३ बाट शुरु भएको यो अभियान अहिले नगरपालिकाका सात वटा वडामा पुगेको छ भने बाँकी रहेका दुई वटा वडामा पनि स्थानीय वडावासी, होटल व्यवसायीसँग टोलटोलमा पुगेर भेलामा छलफल भइरहेको र बाँकी रहेका वडामा पनि अभियान सञ्चालन हुने नगरप्रमुख खनालले बताउनुभयो । वडा कार्यालयले टोलटोलमा पुगेर टोलवासीसँगको छलफलबाट यो अभियान सञ्चालन गर्ने निर्णय गरेको र वडावासीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो । बालमैत्री नगर घोषणालाई सहयोग पु¥याउने र बालबालिकालाई कुलतमा फस्न नदिनका लागि चालिएको यो अभियानले समाजमा होहल्ला, झैझगडा हुने क्रमलाई पनि न्यूनीकरण गर्नमा सघाउ पुग्ने विश्वास वडा नं ७ का वडा अध्यक्ष शेषकान्त अर्यालले बताउनुभयो ।

“तोकिएको तीन घण्टाको अवधिमा जसले मादक र सुर्तीजन्य पदार्थ सेवन गर्ने हो उसैले मात्रै किन्नुपर्ने र बालबालिकालाई खरीद बिक्री कार्यमा प्रयोग नगर्न वडावासीसँग आग्रह गरिएको छ”, वडाध्यक्ष अर्यालले भन्नुभयो, “नगरपालिका तथा वडाले अगाडि सारेको यो अभियानप्रति वडावासी सकारात्मक हुनुभएकाले विश्वास छ यो कार्य सफल हुनेछ, कार्यान्वयनमा जानेछ ।”

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२,.....

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी.....

– भूपेन्द्रसिंह विष्ट पर्शुरामधाम, २८ असोज (रासस) : अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ ।.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np