दशैँको पिङ सम्झनामा मात्रै

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार ०७:०७   सम्पादक: admin

केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम छ । दशैँ मान्नकै लागि देशका ठूला शहर र विदेशबाट आएका युवासमेत पिङ बनाउने तथा खेल्ने काममा चासो दिँदैनन् । सहज इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन् । युवाको अभावका कारण दशैँमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका छन् । दशैँमा बनाइने काठे पिङका लागि आवश्यक काठसमेत पछिल्लो समय लोप हुँदै गएको छ । पहिलेपहिले चमच्चाका लागि प्रयोग गरीने खिर्रोको रुख अहेले घरछेउका डहरमा देखिँदैनन् । खिर्रोको काठ नभएसम्म काठे पिङ बनाउन कठिन हुने रेशका युवराज शर्मा बताउनुहुन्छ । काठ मात्रै होइन पिङ बनाउने ठाउँकोसमेत अभाव छ । निजी जमीनमा धान कोदो फलेको छ भने सार्वजनिक जमीनमा कतै सामुदायिक भवन त कतै विद्यालयका भवन बनेका छन् । बाँकी रहेका सार्वजनिक जमीनकोसमेत उपयोग हुन नसक्दा पिङ बनाउने ठाउँमा जङ्गल बनेको जैमिनी नगरपालिका–१ कुश्मीशेराका शिक्षक उमाकान्त शर्माले बताउनुभयो ।

घरघरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोमा चहलपहल, पैदलयात्रीको ओहोरदोहोर छैन । दशैँका बेला राखिने पिङ चमच्चा खेल्नेको भीड देखापर्न छोडेको छ । गाउँघरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् । उनीहरुले काठको प्रयोग गरे चमच्चा बनाउन सक्दैनन् । काठ बोक्नसक्ने युवा कोही रोजगारीको सिलसिलामा विदेशमा छन् भने कोही देशका ठूला शहर छिरेका छन् । दशैँको बेलामात्रै टीका थाप्न गाउँ आउने युवाले चमच्चा बनाउन समय पाउँदैनन् । पिङ हाल्नका लागि गाउँमा बाबियोसमेत पाइन छाडेको छ । “दशैँका लागि पिङ हाल्नलाई वस्तुबाट जोगाएर बाबियो राख्ने गरिथ्यो”, स्थानीय दीलबहादुर थापाले भन्नुभयोे, “चमच्चाका लागि दुई महीनादेखि तयारी गर्नुपथ्र्याे अहिले हरायो, बाबियो बाटेर पिङ बनाउने र काठ काटेर चमच्चा बनाउने शीप नयाँ पुस्तामा छैन ।”

गाउँमा बसोबास गर्ने अधिकांश मानिस सहर केन्द्रित हुँदा परम्परागत सीपसमेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको जैमिनीका कृष्ण शर्माले बताउनुभयो । शहर बजारमा पाइने यतारी पिङ बाह्रै महीना खेल्न पाइने भएका कारण नयाँ पुस्तामा पिङ र चमच्चाको मोह हराएको उहाँको अनुमान छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी.....

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र.....

–नारायण ढुङ्गाना अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ.....

के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन.....

Hundreds of thousands of Colombians took to the streets of the capital Bogota on Thursday amid a general strike to protest the policies of President Ivan Duque's right-wing government. There were reports of clashes and arrests as trade unions, students, opposition parties and the South American.....

Several Indonesian ministries are banning pregnant, disabled, or LGBT job hunters in favour of what one called "normal" applicants, the Ombudsman said Friday, slammed as "arbitrary and hateful restrictions" by a rights group. The report comes as the world's biggest Muslim majority country takes.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np