सरकार दीर्घकालीन विकासको योजनामा छ : मन्त्री अर्याल

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार १०:१२   सम्पादक: admin

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकार दीर्घकालीन विकासका योजनामा रहेको बताउनुभएको छ । वालिङ नगरपालिका–१ मा रहेको देवीस्थान शेरा सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले दिगो विकासका लागि ठूलाठूला योजना अगाडि बढाएको उल्लेख गर्दै सानासाना कामसँगै ठूला काममा पनि सरकारले हात नहाले मुलुकको विकास नहुने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “यहाँ विकासका ठूलाठूला योजनाका कुरा गर्दा खिसिटिउरे गरिन्छ, हावामा उडाइन्छ, योजना नबनाईकन सपना नदेखीकन कसरी काम हुन्छ रु” उहाँले नेपालमा पाइपलाइनबाट इन्धन ल्याउने रेल र पानी जहाजका कुरा गर्दा हावामा उडाउने पाइपलाइनबाट इन्धन आउँदा ट्वाल्ल परेको बताउनुभयो । उहाँले पाँच वर्षका लागि निर्माण भएको यो सरकारले विकास निर्माणको जग बसालेर छाड्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले तीनै तहको सहभागिता बिना देशको विकास सम्भव नभएको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । सामुदायिक भवन निर्माणका लागि सरकारबाट रु १२ लाख ३० हजार, चन्दा सहयोगबाट रु १५ लाख ५३ हजार ३४२, देउसीभैलोबाट रु ११ लाख ९५ हजार ३७५ र जनश्रमदानबाट रु आठ लाख ९६ हजार गरी रु ४३ लाख ७६ हजार ७१७ को लागतमा भवन निर्माण गरिएको स्थानीयवासी लक्ष्मीपति पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ ।.....

वासिङटन, २८ असोज (रासस ÷एएफपी) : सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै.....

२८ असोज (रासस÷सिन्हवा) : दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np