शान्तिपूर्ण र सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार १२:०८   सम्पादक: admin

: प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताउनुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा नेपाल भारत मैत्री समाजले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानका बारेमा लामो चर्चा गर्न सकिने भन्दै ती विचारहरु पुराना नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “गान्धीले सत्यका पक्षमा उभिन प्रेरित गर्नुभयो र आफू पनि उभिनुभयो । यो कहिले पनि पुरानो हुँदैन । त्यसबेलाको औपनिवेशिक भारतलाई कसरी स्वाधीन बनाउने भन्नेमा गान्धीको शान्तिपूर्ण विचार बलियो साबित भएको थियो ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विज्ञान र प्रविधिका कारण आम विनाशकारी हतियार र विस्फोटक पदार्थ उत्पादन र स्वार्थका लागि हतियारको प्रयोग गर्ने गलत बाटोलाई गान्धीपथले स्वीकार्दैन । दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी छ ।” पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्व, एकअर्काले निर्भयपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै उहाँले हिंसाका तयारी रहँदा शान्तिको दिशामा विश्व आश्वस्त हुन नसक्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गान्धी बिसौँ शताब्दीका महान् र आत्मिक चिन्तनयुक्त व्यक्तित्व भएको बताउँदै गतिशील र परिवर्तनशील समाजमा पूर्ण मानव बन्नका लागि भौतिक विकाससँगै आत्मिक सुखलाई पनि सँगसँगै लानुपर्ने बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि अहिलेको विश्वव्यापीकरणका सन्दर्भमा आणविक हतियारबाट होइन शान्तिपूर्ण दबाब र सत्याग्रहको गान्धीपथ सामयिक हुने धारणा राख्नुभयो । कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादव, नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत मञ्जिब पुरीलगायत उपस्थिति हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित.....

विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ ।.....

वासिङटन, २८ असोज (रासस ÷एएफपी) : सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np