घोडेपानीमा पर्यटक खचाखच

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार १०:४०   सम्पादक: admin

राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् । विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन् । मौसम प्रतिकूल भए पनि शरद ऋतुको शुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकको आगमन बढीरहेकाले यहाँका होटल खचाखच भरिएका इलाका प्रहरी कार्यालय घोडेपानीका प्रमुख सर्वजित गुरुङले बताउनुभयो । कास्कीको पोखरा–नयाँ पुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी–महरेडाँडा हुँदै पुनहिलमा जानेमा अधिकांश चीन, वेल्जियम, इटली, जर्मन, इजरायल, फ्रान्स, अमेरिका, कोरिया, बेलायत, भारतलगायतका मुलुकका पर्यटक भ्रमणका लागि आएका इलाका प्रहरी कार्यालयका प्रमुख गुरुङको भनाइ छ । नौ जना चिनियाँ पर्यटकलाई लिएर घोडेपानी आएका पर्यटक गाइड सन्तमान गुरुङले मौसम प्रतिकूल भएका कारण पर्यटकले घोडेपानी र पुनहिलबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न नपाएका बताउनुभयो ।

“दैनिक ३५० को हाराहारीमा पर्यटक आउँछन्’ । कास्की क्षेत्रबाट आउने अत्याधिक छन्” उहाँले भन्नुभयोे । यहाँ आएका पर्यटक दुई÷तीन दिनसम्म घोडेपानी,पुनहिल तथा आसपासका क्षेत्रमा रमाउने गर्दछन् । समुदी सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित घोडेपानीमा मनोरम हिमशृखला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपक्षी, वनस्पतीको साथै सूर्योदयको अवलोकन, स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने गरिएको स्थानीय होटल व्यवसायी पूर्णबहादुर पुनले जानकारी दिनुभयो । ‘मौसम खराबीका कारण अन्य पर्यटकीय क्षेत्रमा जान नसकेका समेत आएका छन्’ उहाँले भन्नुभयो । मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४८ घरधुरी रहेकोमा अधिकांशले पर्यटन व्यवसाय गरी बसेका छन् । चार दशकअघि अन्नपूर्ण पदयात्रा मार्ग शुरु भएपछि बाटो हिँडने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै अहिले सुविधा सम्पन्न होटल बनेका छन् । पर्यटकलाई लक्षित गरेर स्थानीय आमा समूह र होटल व्यवसायी समितिले सरसफाइमा नमूना बनाउने प्रयास गरिरहेको छ । पर्यटकको आगमन बढ्दै जान थालेपछि प्रहरीले पर्यटकको सुरक्षाका लागि विभिन्न गस्ती गर्न थालेको छ ।

विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी १७ देखि १९औँ दिनको सुन्दर गन्तव्य हो । ४५ वर्षअघि २०३२ सालदेखि घोडेपानीमा बस्ती विस्तार भएसँगै होटल व्यवसायले फड्को मार्न थालेको स्थानीय होटल व्यवसायीको भनाइ छ । शुरुमा टहरो बनाएर होटल व्यवसाय शुरु गरेका यहाँका व्यवसायीले अहिले करोडांै रुपैयाँ खर्च गरेर विदेशी पर्यटक लक्षित सुविधा सम्पन्न होटल सञ्चालन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी.....

– भूपेन्द्रसिंह विष्ट पर्शुरामधाम, २८ असोज (रासस) : अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ ।.....

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np