रानीमहल क्षेत्रमा पहिरो खस्दा पर्यटक पैदलयात्रा गर्न बाध्य

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार ०८:१३   सम्पादक: admin

ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य छन् । तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ । तानसेन नारायणडाँडा, गाईघाट हुँदै रानीमहलसम्म यात्रा गर्न छोटो सडक हो । १३ किलोमिटर छोटो दूरीमा रहेकाले पर्यटक यस सडक प्रयोग गर्ने स्थानीय बासिन्दा तथा होटल व्यवसायी वसन्त कुँवरले बताउनुभयो । पर्यटक गाईघाटसम्म गाडीमा आएर पैदलयात्रा गर्न बाध्य भएका छन् । वर्षाका कारण रानीमहलसम्म पुग्न आधादर्जन स्थानमा पहिरो खसेको छ । पाल्पाको तानसेनबाट स्याङ्जाको आलमदेवी क्षेत्रमा जानेहरु समस्यामा परेका छन् ।

दशैँ तिहारको अवसरमा विद्यार्थीको निकै आकर्षणस्थलका रुपमा रानीमहललाई लिने गरिन्छ । विद्यालय बिदा भएपछि विद्यार्थी ठूलो संख्यामा आउने भएपछि यस क्षेत्रमा चहलपहल हुने गर्दछ । पाल्पाको तानसेन नगरपालिका– १३ स्थित रहेको रानीमहल विसं १९९५ मा पश्चिमा शैलीमा निर्माण गरिएको विशाल दरबार हो । पश्चिम कमाण्डर खडक शम्शेरले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकी तिरमा रहेको चट्टानमाथि दरबार निर्माण गर्नु भएको थियो । बेलायती इञ्जिनीयरको डिजाइनमा बनेको दरबार हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

२८ असोज (रासस÷सिन्हवा) : दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार.....

२८ असोज (रासस ÷सिन्हवा) : अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा.....

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२,.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np