बढ्यो च्याङ्ग्राको भाउ

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलवार ०९:४३   सम्पादक: admin

–रामबहादुर थापा यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन् । गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा रु २७ हजार थियो । खरीदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताउनुभयो । च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महँगिदै गएको छ । गत वर्षको तुलनामा यो वर्ष चार हजारले च्याङ्ग्रा महँगिएको व्यपारीहरुले बताएका छन् । “अहिले खरीदमै एक हजारभन्दा मूल्य बढी प¥यो”, व्यापारी खत्रीले भन्नुभयो, “आउँदा जाँदा बाटोमा उत्तिकै खर्च छ ।” व्यापारीले एक साता लगाएर मुस्ताङदेखि च्याङ्ग्रा ल्याउँछन् । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा मर्का परेको च्याङ्ग्रा व्यापारीको गुनासो छ । खत्रीसहित चार व्यापारी मुस्ताङको कागबेनी पुगेर १७५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् । मुस्ताङमै च्याङ्ग्राको मूल्य रु २३ हजार परेको अर्का व्यापारी महेन्द्र केसीले बताउनुभयो । दुई वर्षअघि सो मूल्यमा बागलुङमै च्याङ्ग्रा आउँथ्यो । चार वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका केसीले यसपालि ७५ च्याङ्ग्रा ल्याउनुभएको थियो ।

“महँगो परे पनि मासु पु-याउनै सकिएको छैन, आइतबार तीन वटा काट्दा पनि पुगेन”, व्यापारी केसीले भन्नुभयो । नवदुर्गा मासु पसलका सञ्चालकसमेत रहनुभएका केसीले भने काटेको मासु रु १३ सयमा बिक्री गर्दै आउनुभएको छ । अघिल्लो वर्ष भने प्रतिकिलो रु १२ सय थियो । जिउँदो च्याङ्ग्रा पनि अरु व्यापारीले भन्दा एक हजार कम मूल्यमै बेचेको उहाँको भनाइ छ । च्याङ्ग्रा बिक्रीबाट पहिलेपहिले जस्तो नाफा निस्कन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक÷दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । खरीद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य हुनुभएको व्यापारीको भनाइ छ । तिब्बतबाट कम च्याङ्ग्रा आउँदा पनि मूल्य बढ्ने गरेको छ । मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् । महँगै परे पनि उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्राको मासु स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यापारी बताउँछन् ।

मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पु¥याइन्छ । यो वर्ष पनि झण्डै मुस्ताङसहित डोल्पा, हुम्ला, मुगुलगायत हिमाली जिल्लाबाट च्याङ्ग्रा भित्रिएका छन् ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी.....

– भूपेन्द्रसिंह विष्ट पर्शुरामधाम, २८ असोज (रासस) : अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ ।.....

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np