जनप्रतिनिधिको सहयोग विद्यालयलाई

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार ०३:२१   सम्पादक: admin

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिकबापतको रकम विद्यालयलाई सहयोग गर्नुभएको छ । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक पर्याप्त नहुँदा र आर्थिक स्रोतको अभावले स्थानीयस्तरमा रहेका शिक्षकलाई तलबभत्ता व्यवस्थापन गर्न समस्या हुँदै आएपछि पारिश्रमिकबापतको रकम सहयोग गर्दै आउनुभएको विद्यालयले जनाएको छ । थापाको कार्यकालको तलब तथा भत्ताको रुपमा प्राप्त हुने सबै रकम वार्षिकरुपमा विद्यालयलाई एकमुष्ट सहयोग प्राप्त हुँदै आएकोे प्रगति आधारभूत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो । विद्यालयमा अहिले सरकारी दरबन्दीमा १ जना र स्थानीय स्रोतबाट तलब व्यवस्थापन गरी १० जना निजी स्रोतका शिक्षक कार्यरत छन् भने दुई दरबन्दी रिक्त छन् । “विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्दा आर्थिक भार पर्दे आएको छ ।”

वडासदस्य थापाले भन्नुभयो, “जनताको सेवकले पारिश्रमिक लिँदा उचित हुँदैन त्यसैले विद्यालयलाई सहयोग गर्दै आएको छु ।” विसं २०४७ मा स्थापना भएको विद्यालयले शैक्षिक सत्र २०६९ देखि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आएको छ । जनप्रतिनिधि थापाको सहयोगले विद्यालयलाई आर्थिक भार केही कम हुने विद्यालयका प्रधानाध्यापक तुलबहादुर थापाले बताउनुभयो । विद्यालयमा अहिले निजी स्रोतबाटै वार्षिक झण्डै रु १० लाख ६८ हजार शिक्षकको तलबको लागि खर्च हुने गरेको प्रधानाध्यापक थापाको भनाइ छ । जम्मा ११ विद्यार्थी भएपछि २०६८ सालमा एकीकरण हुन लागेको उक्त विद्यालय व्यवस्थापन समिति र स्थानीयको पहलले नयाँ व्यवस्थापनको साथमा अङ्गे्रजी माध्यमबाट पढाइ शुरु गरेपछि विद्यार्र्थी बढेर १२३ जना पुगेका छन् । गण्डकी प्रदेश सरकारले अहिले नगरपालिकाका वडासदस्यलाई मासिक रु १० हजार प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

नेपाल पत्रकार महासङ्घले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ ।.....

तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित.....

विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ ।.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np