छिरिङ शेर्पा र नितु लामालाई चाचा हुईई दौड प्रतियोगिताको उपाधी

प्रकाशित मिति: १२ आश्विन २०७६, आईतवार १३:५२   सम्पादक: admin

सुदर्शन बजगाई,आशाका किरण मिडिया । राजधानीको गोकर्णेश्वर नगरपालिकामा आत्तरखेल युवा समाजको आयोजनामा भएको चाचा हुईई दौड प्रतियोगिताको उपाधी छिरिङ शेर्पा र नितु लामाले जितेका छन् । आज भएको ५ किलोमीटर दौडमा सयौं प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले उपाधी संगै नगद रु ५ हजार  जितेका हुन् । पुरुष तर्फ राजकुमार राना दोश्रो,सुजन सुनुवार तेस्रो,मिनराज तामाङ चौथो,दिवस लिम्बू पाँचौं,सुमन थापा छैठौं,पाईलट सुनुवार सातौं,टेक राई आठौं ,हेमराज मगर नवौं र सन्तोस राई दशौं भए भने महिला तर्फ सृमा सुनुवार दोश्रो,विद्या गिरुङ तेस्रो,दिनाका राई चौथो र र्भिमु मोक्तान पाँचौं स्थान हासिल गर्न सफल भएका थिए।

प्रतियोगिता दोश्रो र तेस्रो  हुनेलाई क्रमशः ४ हजार र ३ हजार नगत सहित मेडलले सम्मान गरिएको थियो ।कार्यक्रममा विजयी खेलाडीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सम्मान गरेका थिए । प्रतियोगिता युवालाई लागू औषध दुर्ब्यसनबाट अलग गराई खेलकुदमा प्रोत्साहन गर्न आयोजना गरिएको संस्थाका सचिव दिनेश राईले बताए। कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै संस्थाका अध्यक्ष सुमन लामाले आगामी दिनमा  समाजलाई हित हुने अनेकन कार्यक्रम गर्ने प्रण गरेका थिए। जया कलेजबाट सुरु भएको दौड विभिन्न चोक हुँदै आत्तरखेलको बजारमा टुंगिएको थियो । आत्तरखेल काठमाडौंको पुर्वी भेगको सकृय सामाजिक संस्था हो । फोटो :रवि कुमार बरुवाल

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

वासिङटन, २८ असोज (रासस ÷एएफपी) : सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै.....

२८ असोज (रासस÷सिन्हवा) : दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार.....

२८ असोज (रासस ÷सिन्हवा) : अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np