‘आँखा अस्पताल प्रदेशको शान’

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार १०:३१   सम्पादक: admin

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताउनुभयो । आर्थिक अनुशासन र सामाजिक उत्तरदायित्वको भावना भए उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश हिमालय आँखा अस्पताले दिएको उहाँको भनाइ थियो । उहाँले राज्य संरचनामा अझै पनि पुरानो संस्कार हाबी भएकाले परिवर्तन गर्न कठिन भएको बताउनुभयो । उहाँले विचार परिवर्तन भए मात्र संरचना परिवर्तन गर्न सकिने धारणा राख्नुभयो । मुख्यमन्त्री गुरुङले विभिन्न औपचारिक कार्यक्रमको भद्दा प्रणालीले समयको बर्बादी गरेकाले नयाँ र वैज्ञानिक पद्धतिबाट अब कार्यक्रम सञ्चालन गर्नसमेत सुझाव दिनुभयो । सङ्घका तदर्थ समितिका संयोजक डा दिलबहादुर क्षेत्रीले अस्पतालको सेवा प्रवाह गुणात्मक हुनुमा व्यवस्थापन पक्ष र चिकित्सक, कर्मचारीमा भएको सेवा भावना रहेको बताउनुभयो ।

आर्थिक लोभभन्दा सेवालाई प्राथमिकता राखेर सन्तुष्ट हुन सके हरेक कुरा सम्भव हुने उहाँको भनाइ थियो । अस्पतालमा शुरुका दिनमा नेदरल्याण्डको नागरिकको सहयोगबाट सञ्चालित भए पनि पछिल्लो समय आफ्नै स्रोतसाधनको व्यवस्थापनबाट स्थापित भएको जानकारी दिनुभयो । उहाँले अस्पतालमा अहिले अन्य उपकरण रहेका र चश्मा लगाउन नपर्ने करीब रु सात करोड पर्ने ‘लेसिक मेसिन’ अभाव रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट इन्द्रमान महर्जनले गुणात्मक सेवा प्रवाह गर्दै आएको अस्पतालमा आर्थिक पारदर्शिता र अस्पतालका सम्पूर्णको स्वार्थविहीन साझा भावनाले सफलता हासिल भएको बताउनुभयो । सङ्घका केन्द्रीय सचिव भरत चन्दले आँखा अस्पताल नमूना अस्पतालमका रुपमा स्थापित भएको वार्षिक रु तीन लाख ५० हजार तराईमा मात्रै आँखाको उपचार गरिएको जानकारी गराउनुभयो । उहाँले नेपालभरि २८ जिल्लामा र १८ हस्पिटल तथा अन्य ठाउँमा आइ केयर सेन्टरबाट सेवा दिएको जानकारी गराउनुभयो । सङ्घका केन्द्रीय उपाध्यक्ष डा चेतराज पन्तले परनिर्भरताबाट मुक्त एक मात्र अस्पताल भएको बताउनुभयो ।

उहाँले सेवा गर्ने र सेवा दिने जनशक्ति उत्पादनमा पनि अस्पतालको योगदान रहेको बताउनुभयो । नवलपुर शाखाका अध्यक्ष जीवन श्रेष्ठ, सङ्घका सल्लाहकार अधिवक्ता हरिप्रसाद शर्मा, सङ्घका कोषाध्यक्ष ज्ञानबहादुर कार्कीेलगायतले नेत्रज्योति सङ्घको स्थापनादेखि हालसम्मका उपलब्धिका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रले निर्वाचन प्रक्रियाबाट प्रदेशको नयाँ कार्यसमिति चयन सङ्घका जिल्ला अध्यक्ष कुष्ण गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

२८ असोज (रासस ÷सिन्हवा) : अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा.....

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२,.....

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np