कक्षा ११ को परीक्षाफल सार्वजनिक

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार ११:४७   सम्पादक: admin

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । तीमध्ये दुई हजार ३१९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए, १३ हजार ७७२ परीक्षार्थीले ३.२१ देखि ३.६० जीपीए, ३२ हजार २५३ परीक्षार्थीले २.८१ देखि ३.२० जीपीए र ५४ हजार ८१६ परीक्षार्थीले २.४१ देखि २.८० जीपीए ल्याएका छन् । यसैगरी ८४ हजार २३९ परीक्षार्थीले जीपीए २.०१ देखि २.४० सम्म, ८९ हजार ६५० परीक्षार्थीले जीपीए १.६१ देखि दुईसम्म, ४३ हजार ३७ परीक्षार्थीले जीपीए १.२१ देखि १.६० सम्म, आठ हजार १७१ परीक्षार्थीले जीपीए ०. ८१ देखि १.२० सम्म र २१ हजार ३४६ परीक्षार्थीले जीपीए ०.८१ सम्म ल्याएको पनि उक्त बोर्डले जनाएको छ । उक्त परीक्षामा ३१ जनाको परीक्षा रद्द गरिएको थियो भने आंशिक ग्रेड वृद्धितर्फ परीक्षामा सहभागीमध्ये सात हजार १३२ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिनुभयो ।

परीक्षाफल www.neb.gov.np,www.neb.ntc.net.np, www.edusanjal.com मार्फत पनि हेर्न सकिने बार्डले जनाएको छ । बोर्डले ग्रेडवृद्धि परीक्षाको तालिका पनि सार्वजनिक गरेको र सोे परीक्षा कात्तिक ३० र मङ्सिर १ गते हुने उल्लेख छ । बोर्डका अनुसार एक विषय मात्र अनुत्तीर्ण भएका विद्यार्थीले जुनसुकै विषय भए पनि कात्तिक ३० गते परीक्षा दिनुपर्नेछ भने दुई विषयमा अनुत्तीर्ण भएकाले पहिलो दिन ठूलो कोड भएको विषय र दोस्रो दिन सानो कोड भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि असोज २८ गतेभित्रमा सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा फाराम भर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२,.....

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी.....

– भूपेन्द्रसिंह विष्ट पर्शुरामधाम, २८ असोज (रासस) : अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ ।.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np