नाग्लीवाङमा तामसी भोजन चल्दैन

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलवार १०:१३   सम्पादक: admin

कुश्मा, २ असोज (रासस) : एक्काइसौँँ शताब्दीमा आइपुग्दा पनि वास्तविकता सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस्, जलजला ८ (साविक नाग्लीवाङ ७) शालिग्रामधामस्थित गाउँमा आजसम्म पनि तामसी भोजन गरिँदैन । मासु बिनाको भोजन नै नहुने वर्तमान समयमा सात्विक भोजन गर्ने गाउँ फेला पार्न कठिन भएपनि शालिग्रामधामका ४५ घरधुरीले भने अहिलेसम्म सात्विक भोजन गरेरै निर्वाह गर्दै आएका छन् । हत्या, हिंसा, काटमार निषेध गरिएको उक्त गाउँका सबै घरधुरीका बासिन्दा आफ्नो भान्सामा लसुन र प्याससमेत प्रयोग गर्दैनन् । व्यावसायिक तरकारीखेतीको उच्च सम्भावना रहेको सो ठाउँमा लसुन र प्याजकाको खेतीसमेत गरिएकोे छैन । “सबैखाले तरकारी खेती गरिन्छ तर लसुन र प्यास नखाने भएकाले सोको खेतीपातीसमेत गरिएको छैन ।” जलजला–८ नाग्लीवाङका हरिनारायण रेग्मीले भन्नुभयो, “यहाँका बासिन्दा हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायसँग नजिक भएकाले काटमार र लसुन प्याजसमेत सेवन नगरेका हुन् ।”

“हिंसारहित गाउँ बनाउनका लागि शालिग्राम उपाध्याय (शालिकराम गुरु) को ठूलो देन छ ।” जलजला–७ निवासी डिल्लीराम रेग्मीले भन्नुभयो, “हामी हिंसारहित समाज निर्माण गर्नुपर्छ भन्ने मान्यतामा छौँ र यसका लागि हाम्रो गाउँ सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।” साविक धौलागिरि अञ्चल सदरमुकाम बागलुङबजारदेखि पूर्व कालीगण्डकीपारिको सो स्थान हिंसारहित गाउँ मात्र नभएर प्राकृतिक भूवनोटले समेत निकै मनमोहक छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण पल्लो नाग्लीवाङमा व्यावसायिक कृषिको समेत प्रशस्त सम्भावना छ । ग्रामीण रहनसहन, बोलीमा सरलता, चेहरामा प्रसन्नता देखिने यहाँका अधिकांश स्थानीयवासीको दैनिकी भने कृषिमै बित्छ । धर्म, संस्कृति, रीतिरिवाज र चालचलन अध्ययन गर्नेहरू यहाँ प्रशस्त छन् अहिले पनि यहाँका दर्जन बढी रेग्मीबासी संस्कृत शिक्षा अध्ययन÷अध्यापनका लागि बागलुङ, पर्वतको कुश्मा, पोखराको विन्ध्यवासिनी, काठमाडौँ, भारतको वानरस, दिल्ली, अयोध्यालगायतका ठाउँमा छन् ।

तपाईको प्रतिक्रिया

चितवन, २ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

–रामबहादुर थापा बागलुङ, २ मङ्सिर (रासस) : हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी.....

दाङ, २ मङसिर (रासस) : प्रदेश नं ५को प्रहरी कार्यालयले आजदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा.....

जनकपुरधाम, २ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np