विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न : मन्त्री धिमिरे

प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार ०५:५३   सम्पादक: admin

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ । आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय एवं तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गरेर लैजानेजस्ता विषयमा प्रदेश सरकारको चुनौतीको विषय भएकाले विज्ञहरुसँग आवश्यक परामर्श भइरहेको बताउनुभयो ।

त्यसैगरी हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ, अबका दिनमा त्यसको रेकर्ड प्रदेश सरकारले राख्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य सर्वध्वज साँवाले विद्यार्थीलाई आफूहरुले देशमै रोजगारीको अवसर सिर्जना गर्न काम गरिरहेको बताउनुभयो । सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले क्याम्पसको साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

२८ असोज (रासस÷सिन्हवा) : दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार.....

२८ असोज (रासस ÷सिन्हवा) : अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा.....

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२,.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np