मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव बिफल

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार १०:३१   सम्पादक: admin

२४ भदौ (रासस ÷सिन्हवा)– संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक बिफल पारिदिएका छन् । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको भन्दै संसदमा मतदानका लागि प्रस्ताव गर्नुभएको थियो । सरकारले प्रस्तुत गरेको प्रस्तावको पक्षमा २९३ जना सांसदले मतदान गरेका थिए । हाउस अफ कमन्सका ६ सय ५० सदस्यमा उक्त प्रस्ताव पारित हुन कम्तीमा ४०० सांसदले पक्षमा मतदान गर्नु आवश्यक रहेको थियो । संसद् निलम्बन गर्नुअघि संसदमा भएको बहसमा बिना कुनै सहमति युरोपेली संघबाट बाहिरिने बेलायतको योजनालाई रोक्ने कानुनी प्रावधानलाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने माग विपक्षी दलका सांसदले गरेका थिए । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अक्टोबर ३१ तारिखमा युरोपेली संघबाट बिना सम्झौता बाहिरिने शर्त राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने.....

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने.....

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी.....

वेलिङ्टन, न्यूजील्याण्ड (रासस-एपी) – प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध.....

शेन्जेन, ३१ भदौ (रासस-एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी.....

सियोल, ३१ भदौ (रासस-एएफपी) : दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np