सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छः मुख्यमन्त्री पौडेल

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार ०८:३२   सम्पादक: admin

हेटौँडा, २४ भदा (रासस) : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गरीब, विपन्न, असहाय र अशक्तहरुको सार्वजनिक सेवामा सहज पहुँचका लागि प्रदेश सरकार सम्वेदनशील रहेको छ ।” मुख्यमन्त्री पौडेलले स्थनीय तहको न्यायिक समितिलाई सहयोग गर्न तथा उपेक्षित, उत्पीडित र शोषित वर्ग एंव समुदायको सहायताका लागि कानूनी सहजकर्ता खटाइएको बताउँदै स्थानीय तहलाई सबल, सुदृढ र सक्षम बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले नवनियुक्त कानूनी सहजकर्तालाई आफ्नो भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिँदै भ्रष्टाचारप्रति प्रदेश सरकार कठोर रहेको हुँदा सहजकर्ताबाट अनियमितता भएको देखिएमा तत्काल कारवाही गरिने बताउनुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले विधिको शासन सञ्चालनका लागि नवनियुक्त सहजकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । तालीममा काभ्रे, नुवाकोट, रामेछाप, दोलखा, रसुवा र सिन्धुपाल्चोकका ५९ स्थानीयतहका लागि नियुक्त कानूनी सहजकर्ता, प्रदेशका ६ वटै जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुख र सबै स्थानीय तहका उपप्रमुखको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने.....

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने.....

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी.....

वेलिङ्टन, न्यूजील्याण्ड (रासस-एपी) – प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध.....

शेन्जेन, ३१ भदौ (रासस-एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी.....

सियोल, ३१ भदौ (रासस-एएफपी) : दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np