आत्महत्या बढ्दै गएपछि रोकथाम अभियान

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार ०६:५६   सम्पादक: admin

जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले आज नीलकण्ठ क्याम्पसबाट सोे अभियान प्रारम्भ गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मान्छेले जीवनदेखि निरास भएर आत्महत्या गर्ने भएकाले भावी जीवनलाई सुखी बनाउने खालाका गतिविधि गर्नुपर्नेमा जोड दिनुभयोे । जिल्लामा विगत चार वर्षको तथ्याङ्कमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा ६३, २०७३/७४ मा ७५, २०७४/७५ मा ९२ र २०७५/७६ मा ९४ ले आत्महत्या गरेका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो । प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा आत्महत्या गरेका ३२४ मध्ये पुरुष १८५ र महिला १३९ थिए । तीमध्ये विवाहपछि आत्महत्या गर्ने ३०६ र अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ थिए । झुण्डिएर २१९, विष सेवन गरेर १०३ र अन्य कारणले दुई जनाले आत्महत्या गरेको उक्त कार्यालयले जानकारी दिएको थियो । आत्महत्या दुरुत्साहनमा जिल्लामा चार मुद्दा विचाराधीन अवस्थामा छ ।

तपाईको प्रतिक्रिया

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने.....

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने.....

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी.....

वेलिङ्टन, न्यूजील्याण्ड (रासस-एपी) – प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध.....

शेन्जेन, ३१ भदौ (रासस-एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी.....

सियोल, ३१ भदौ (रासस-एएफपी) : दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np