विर्तामोडको बजेट रु एक अर्ब १२ करोड

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार १२:३४   सम्पादक: admin

विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गरेको छ । ‘पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिवृद्धि, सभ्य र स्वास्थ्य नागरिक, विर्तामोड नगरपालिकाको समृद्धि’ भन्ने मूल नारासहित नगरले आव २०७६÷०७७ का लागि सो बजेट सार्वजनिक गरेको हो । तेस्रो नगरसभाबाट पारित गरी सार्वजनिक गरिएको बजेट, नीति तथा कार्यक्रममा आन्तरिक आम्दानीतर्फ रु २० करोड २७ लाख ५० हजार, (घर जग्गा रजिष्टे«सन नौ करोडसमेत) नेपाल सरकार वित्तीय समानीकरणबाट रु २० करोड ९६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट रु ८२ लाख ९४ हजार, नेपाल सरकार सशर्त अनुदान रु २४ करोड ८२ लाख, सामाजिक सुरक्षाभत्ता रु १० करोड, समपूरक कोषबापत रु दुई करोड, लगत सहभागिताबापत रु ८० लाख सङ्घीय सरकारको राजश्व बाँडफाँटबापत प्राप्त हुने रकम रु १३ करोड आठ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम रु एक करोड ५७ लाख दुई हजार, एडिवीमार्फत रु १७ करोड, समपूरक अनुदानबापत रु दुई करोड र जिससमार्फत रु ९९ लाख आम्दानी अनुमान गरी सोहीबमोजिमको रकम खर्च हुने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।

कार्यक्रममा यहाँ रहेका सञ्चारमाध्यममध्ये कञ्चनजङ्घा एफएमलाई उत्कृष्ट तथा नगर शिक्षा विकास पत्रकारिताबाट पत्रकार कृष्ण हुमागाईं र राजु पाठकलाई नगद रु १५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै विर्तामोडमा रहेका अस्पताल, नौवटै वडा कार्यालयमा उत्कृष्ट काम गर्ने समूह, उत्कृष्ट राष्ट्रसेवक पुरस्कार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र वडा नं १ का सवित टीका अधिकारीलाई प्रदान गरियो । त्यस्तै कार्यक्रममा पूर्वनगर शिक्षा अधिकृत युवराज पाण्डेलाई समेत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

२८ असोज (रासस ÷सिन्हवा) : अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा.....

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२,.....

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np