राफेल नाडाललाई युएस ओपनको उपाधि

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार १०:०५   सम्पादक: admin

न्यूयोर्क, २३ भदौ (रासस-एएफपी) – यसवर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औं ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानील मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय रुपमा विजय हासिल गरेका थिए । तेत्तीस वर्षीय बायाँहाते खेलाडी नाडाल अर्का स्टार खेलाडी रोजर फेडेररसँगै ग्रान्डस्लामको उपाधि होडमा छन् । फेडररले २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् । केन रोजवालले १९७० मा ३५ वर्षको उमेरमा अमेरिकी ओपनको उपाधि जितेका थिए । विजय भएपछि नाडालले आफ्नो टेनिस करिअरमा यो सर्वाधिक भावपूर्ण क्षण रहेको सुनाए । विजयपछि उनको आँखाबाट आँशु झरेको भिडियो फुटेज सार्वजनिक भएको थियो । विश्व बरियतामा नम्बर २ मा रहेका नाडालले ३८ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । उनले यसअघि अमेरिकी ओपनको उपाधि सन् २०१०, २०१३ र २०१७ मा जितेका थिए । आफूले ३० वर्षको उमेर पार गरेपछि नाडालले पाँच वटा ग्रान्डस्लाम उपाधि जितेका छन् । आइतबार राति खेलिएको यो प्रतियोगिता झण्डै ४ घण्टा ५० मिनेट चलेको थियो ।

त्यसैगरी, महिला एकलतर्फ क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी थिइन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रहेको थियो । सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितेकी थिइन् । बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो । सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको.....

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार.....

नेपाल पत्रकार महासङ्घले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ ।.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np