कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार १०:०१   सम्पादक: admin

–विमलबहादुर विष्ट नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिनुभएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना हुनु भएका केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाइ प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत दान गरेपछि उहाँको ज्यान जोगिएको जिल्ला अस्पताल डोटीका डा गिरीश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यधिक रक्तश्राव हुँदा निज सुत्केरीको ज्यान नै खतरामा परेको थियो, कर्नेल सरले रगत दिएपछि ज्यान जोगिएको छ ।” जिल्लामा अहिलेसम्म रक्तश्रावका कारण ज्यान नै जाखिममा परेका करीब ३५ बासिन्दालाई नेपाली सेनाको रुद्रध्वजगणले रगत दिएर ज्यान जोगाएको बताइएको छ । डोटी जिल्लालगायत समग्र सुदूरपश्चिम प्रदेशमा कुनै पनि व्यक्तिलाई रगत आवश्ययक परे उनीहरु नेपाली सेनाको ब्यारेक धाउने गर्छन् । सेनाले आफूमातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत समूह पहिले नै छुट्टयाएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका बासिन्दा सेनाको ब्यारेकमा रगत माग्न धाउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत ग्रुप पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत ग्रुप छुट्टयाएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ ।”

पछिल्लो समय सैनिकको रगतले यहाँका पहाडी जिल्लामा सयौँ बासिन्दाको ज्यान जोगिएको नेपाली सेना सुदूरपश्चिम पृतना दिपायल राजपुरले जनाएको छ । सुत्केरी तथा बिरामलाई रगत दिन पाउँदा आफू निकै गौरवान्वित भएको प्रमुख सेनानी खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले दान गरेको रगतले एउटा छोरी, चेलीको ज्यान जोगिएको छ, त्यसभन्दा ठूलो मेरा लागि खुशीको कुरो के हुन सक्छ र ?” निज महिला अहिले स्वस्थावस्थामा रहेको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा ब्लड बैंक नभएका कारण यहाँका बासिन्दालाई भनेको बेलामा रगत पाउन मुश्किल हुँदै आएको छ । जिल्लामा नेपाल रेडक्रस सोसाइटी डोटीले रगत सङ्कलन गर्ने भए पनि सङ्कलित रगत राख्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको स्थानीयवासी तथा सञ्चारकर्मी रामहरि ओझले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म रगत राख्ने मेशिन नभएका कारण समस्या भएको छ, भनेको बेलामा सेनाले अस्पतालमै आएर रगत दिने गरेका कारण केही बिरामीको ज्यान बचेको छ, नत्र अकालमै धेरैले ज्यान गुमाइसक्थे ।”

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी.....

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र.....

–नारायण ढुङ्गाना अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ.....

के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन.....

Hundreds of thousands of Colombians took to the streets of the capital Bogota on Thursday amid a general strike to protest the policies of President Ivan Duque's right-wing government. There were reports of clashes and arrests as trade unions, students, opposition parties and the South American.....

Several Indonesian ministries are banning pregnant, disabled, or LGBT job hunters in favour of what one called "normal" applicants, the Ombudsman said Friday, slammed as "arbitrary and hateful restrictions" by a rights group. The report comes as the world's biggest Muslim majority country takes.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np