पर्यटन मजदुरलाई निःशुल्क एकमहिने चिनियाँ भाषा तालीम

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार ०६:०५   सम्पादक: admin

: नेपाल ट्रेकिङ–ट्राभल्स– -याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालीम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर तालीम प्रदान गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताउनुभयो । चिनियाँ पर्यटकले अङ्ग्रेजी भाषा नबोल्ने तथा नेपाली पथप्रदर्शकले उनीहरुको भाषा नबुझ्दा समस्या आइरहेको अवस्थामा अब पर्यटकसँग आफूहरु ढुक्कसँग कुराकानी गर्न सक्षम भएको तालीममा सहभागी विपीनराज सापकोटाको भनाइ छ । नेपालमा वार्षिक दुई लाख चिनियाँ पर्यटक नेपाल आउने तथ्याङ्क छ । नेपाल आएकामध्ये ९० प्रतिशत पर्यटकले पोखराको भ्रमण गर्ने गरेको दाबी पर्यटन व्यवसायीको छ । नेपालमा पथप्रदर्शक तथा सहयोगी गरी १२ हजार मजदुर पर्यटन क्षेत्रमा क्रियाशील रहेको युनिट्राभले जनाएको छ । गत साउन १८ गतेदेखि शुरु भएको तालीममा आधारभूतमा ३५ र ‘एडभान्स’मा २५ जना गरी ६० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई दिनेश गौतमले चिनियाँ भाषाको प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालीम समापन समारोहमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सरकारले पर्यटन विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिनुभयो । देशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र रहेको चर्चा गर्दै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अनिवार्य रहेको भनाइ मन्त्री लम्सालको छ ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको.....

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार.....

नेपाल पत्रकार महासङ्घले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ ।.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np