घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

प्रकाशित मिति: २२ भाद्र २०७६, आईतवार १०:०५   सम्पादक: admin

– तोलाकान्त बगाले वालिङ, २२ भदौ (रासस) : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बर वडामा अवस्थित घ्वाङखोलामा आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरेसँगै धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र बन्दै गएको हो । वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको घ्वाङखोलासम्म पुग्न सडकको सहजता छ । स्थानीयवासीले बिहानीपख र साँझ हिँड्ने गन्तब्यको रुपमा यस ठाउँलाई लिन थालेका छन् ।प्रकृतिको उपहारस्वरुप प्राप्त घ्वाङखोला सामुदायिक बनको घना जङ्गल, मनमोहक प्रकृतिको छटासँगै कृत्रिम रुपमा बनाइएका पुल, स्विमिङ पुल, माछा पोखरी, उद्यान, विभिन्न प्रकारका पिङहरु आगन्तुकका लागि आकर्षण हुन् । यसै ठाउँमा शिव पार्वतीको मन्दिर, विशाल हनुमानको मूर्ति, देवीदवता, नागहरु तथा जनावरहरुका मूर्तिहरु निर्माण गरिएकै कारण धार्मिक पर्यटकहरुको आकर्षण केन्द्र बन्न पुगेको व्यवस्थापकीय संस्था ग्रहौंसुर धार्मिक तथा वन पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले बताउनुभयो । अध्यक्ष खाँणका अनुसार शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय स्याङ्जामार्फत आर्थिक वर्ष २०७५÷७६ मा रु १५्र लाख र गण्डकी प्रदेश सरकारबाट रु तीन लाख प्राप्त भएको छ ।

वालिङ नगरपालिकाभित्रका १४ वटा वडामा एक÷एक वटा वडास्तरीय पार्क, तीन वटा नगरस्तरीय पार्क बनाउने योजना रहेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । नगर प्रमुख खाँणका अनुसार घ्वाङखोलालाई चिल्ड्रेन पार्क, मनोरञ्जन पार्क, मानव निर्मित तालहरु, वाटर फन पार्क, नलेज पार्कका रुपमा विकसित गर्ने र सोही ठाउँमा पर्यटकलाई लक्ष्य गरी पर्यावरणीय रिसोर्टहरु निर्माण गर्ने नगरपालिकाको योजना छ । वडास्तरीय तथा नगरस्तरीय अन्य पार्कहरु निर्माणका लागि डिपिआरको काम चालु आर्थिक वर्षमै सम्पन्न गरी काम थालिने नगर प्रमुख खाँणले बताउनुभयो । घ्वाङखोलामा प्रकृतिले दिएको बरदानसँगै कृत्रिम पूर्वाधारहरुको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको क्षेत्र बनाउने प्रयास नगरपालिकाबाट भइरहेको छ । “वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँदै गर्दा नगरभित्र पार्कको आवश्यकता महशुस गरी घ्वाङखोलामा पूर्वाधार निर्माण गरिरहेका छौं,” नगर प्रमुख खाँणले भन्नुभयो – “यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि विभिन्न ठाउँबाट सहयोग भइरहेको छ । अब छिट्टै नै व्यवस्थित तरीकाले सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा स्थापित गर्छौं ।” घ्वाङखोलामा आवश्यक पूर्वाधारहरु क्रमशः निर्माण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थान बनाउने लक्ष्य रहेको वडा नं १० का वडाध्यक्ष अनन्तराज गैह्रेले बताउनुभयो ।

“स्मार्ट सिटी निर्माण गर्ने क्रममा वालिङ नगरपालिका रहेकाले पनि वालिङमा पार्कको आवश्यकता छ,” वडा अध्यक्ष गैह्रेले भन्नुभयो – “नगरको आवश्यकता पूरा गर्ने गरी घ्वाङखोलामा काम अगाडि बढिरहेको छ ।” विगतदेखि नै यस ठाउँमा वनभोज तथा र घुमघामका लागि हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेकाले यसलाई थप व्यवस्थित गर्न खोजिएको वडाध्यक्ष गैह्रेको भनाइ छ । अहिले यस ठाउँमा वनभोजका लागि आउनेहरुलाई लक्ष्य गरेर आवश्यक भाँडावर्तन, दाउरा तथा अन्य सामग्रीहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यस ठाउँको संरक्षण गर्न चारैतिर तारबार गरिएको छ भने पार्कको संरक्षण तथा रेखदेखका लागि एकजना हेरालु नियुक्ति गरिएको छ । जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ग्रहौंसुर मन्दिरसम्म पुग्ने सडक पनि यसै स्थान भएर जाने भएकाले मन्दिर पुग्न चाहने दर्शनार्थीहरुलाई यस ठाउँमा लैजाने गरी काम भइरहेको वडा नं ८ का वडाध्यक्ष कमलप्रसाद सुवेदीले बताउनुभयो ।

झण्डै १३० हेक्टर क्षेत्रफलमा फैलिएको घ्वाङखोला सामुदायिक वनको दिगो आम्दानीको स्रोतका रुपमा पार्कलाई विकास गर्न सकिने डिभिजन वन कार्यालय स्याङ्जाका सहायक वन अधिकृत वसन्तकेशव अधिकारीले बताउनुभयो । घ्वाङखोलामा पर्या–पर्यटन विकासका लागि उद्यम स्थापना गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको सहायक बन अधिकृत अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार डिभिजन वन कार्यालय स्याङ्जाले जिल्लाका पाँच ठाउँमा पर्या–पर्यटन विकासका लागि आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने.....

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने.....

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी.....

वेलिङ्टन, न्यूजील्याण्ड (रासस-एपी) – प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध.....

शेन्जेन, ३१ भदौ (रासस-एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी.....

सियोल, ३१ भदौ (रासस-एएफपी) : दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np