सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार ०८:४२   सम्पादक: admin

सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा ११ हजार ८५५.१ मेट्रिक टन मासु उत्पादन भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको तथ्याङ्कले जनाएको छ । सुनसरीमा आव २०७४÷७५ मा ११ हजार ६६६.४९ मेट्रिक टन मासु उत्पादन भएको थियो । जिल्लामा कृषकको आकर्षण माछा र पशुपक्षीपालनतर्फ बढेसँगै माछा र मासुको उत्पादनमा समेत वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका सूचना अधिकारी केशव श्रेष्ठले बताउनुभयो । सु्नसरीमा आव २०७४÷७५ मा खसी, बोकाको दुई हजार ३७० मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा दुई हजार ३७८.४ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । त्यसैगरी आव २०७४÷७५ मा राँगाको छ हजार २७९ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा छ हजार २८५ मेट्रिक टन रागाको मासु उत्पादन भएको कार्यालयले जनाएको छ । आव २०७४÷७५ मा बङ्गुरको ९९० मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा एक हजार मेट्रिक टन मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी आव २०७४÷७५ मा कुखुराको एक हजार ४४ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७५÷७६ मा एक हजार १९७ मेट्रिक टन कुखुराकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । त्यसैगरी आव २०७४÷७५ मा भेडाको १.५१५ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा १.५१५ मेट्रिक टन भेडाकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । आव २०७४÷७५ मा हासको ०.७८ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा तीन मेट्रिक टन हासकोे मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यसैगरी आव २०७४÷७५ मा परेवाको ०.१९५ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा ०.१९५ मेट्रिक टन परेवाकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

सुनसरीमा एक वर्षको अवधिमा ९९० मेट्रिक टन माछा उत्पादन भएको छ । जिल्लामा आव २०७४÷७५ माछा ९८१ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०७५÷७६ मा ९९० मेट्रिक टन माछा उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने.....

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने.....

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी.....

वेलिङ्टन, न्यूजील्याण्ड (रासस-एपी) – प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध.....

शेन्जेन, ३१ भदौ (रासस-एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी.....

सियोल, ३१ भदौ (रासस-एएफपी) : दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np