अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन

प्रकाशित मिति: १७ भाद्र २०७६, मंगलवार ०८:११   सम्पादक: admin

‘बोर्डिङ स्कुलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ । धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो । संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयका संस्थापक अध्यक्ष मोहनराज शर्माले बताउनुभयो । विद्यालयको संस्कृत विषयका शिक्षक खगेन्द्र अवस्थीले संस्कृतलाई देव भाषाका रुपमा लिइने भएकोले यसको ज्ञान प्राप्तिबाट नै मानवको व्यवहार, रस र ज्ञान प्राप्ति हुने बताउनुभयो । संस्कृतको महत्व दर्शाउँदै उहाँले भन्नुभयो— ‘‘भाषायां जननी यस्स,संस्कृतम् नाम केवलम् । जन्म मृत्यु यथाकर्म,पवित्रम् सर्वसाधनम् ।।‘‘ अर्थात् संस्कृत भाषा सबै भाषाको जननी र पहिलो भाषा हो, संस्कृत भाषाले जन्मेदेखि मृत्युसम्म गरिने संस्कारलाई पवित्र पार्ने काम गर्दछ ।

अभिभावक हीरा भण्डारीले संस्कृत भाषा सबै भाषाको जननी भएकोले विद्यालयले थालेको संस्कृत पठनपाठनका काम सरहानीय भएको प्रतिक्रिया दिनुभयो । विद्यालयको ५, ६ र ७ कक्षामा गरी झण्डै १०० छात्रछात्राले संस्कृत विषय अध्ययन गर्न थालेका छन् । अभिभावक र समाजबाट सकारात्मक प्रतिक्रिया आएमा आगामी दिनमा माथिल्लो कक्षामासमेत संस्कृत विषयको अध्ययन शुरु गर्ने योजना रहेको विद्यालयका संयोजक तपराज विनाडीले बताउनुभयो । संस्कृत विषयको पठनपाठन संस्कृत विद्यालय, आश्रम र पीठहरुमा मात्र हुने गरेको छ । विद्यार्थीलाई संस्कृत विषयको पुस्तक निःशुल्क उपलब्ध गराउन पहल गरिएको संस्थापक अध्यक्ष शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२,.....

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी.....

– भूपेन्द्रसिंह विष्ट पर्शुरामधाम, २८ असोज (रासस) : अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ ।.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np