प्रविधिमैत्री स्थानीय निकाय

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार ०६:१६   सम्पादक: admin

तुलसीपुर, २० भदौ (रासस) : यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् । पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य सेवा दिन थालेका छन् । सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइनमार्फत गर्न थालिएको छ । स्थानीय तहले कर्मचारीलाई प्रविधिमैत्री सेवा दिन तालिम प्रदान गरेका छन् । सेवालाई कागजरहित बनाउन धेरैजसो वडामा इन्टरनेटदेखि विद्युतीय उपकरण जडानको काम भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ । वडा कार्यालयबाट अनलाइनमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्ग तथा पोषण भत्ता वितरण, नाम दर्ता, लगत कट्टा, परिचयपत्र दिनेलगायत काम भइरहेको छ ।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउने तयारीमा जुटेको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन थालेको छ । सबै वडाबाट अनलाइनमार्फत कर सङ्कलन र घटना दर्ता गर्न थालेको वरिष्ठ वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिनुभयो । कार्यालयदेखि वडा तहसम्म प्रविधिमैत्री सेवा दिने योजना बनाएको छ । यस्तै लमही नगरपालिकाले सबै वडाबाट कर सङ्कलन र घटना दर्ता शुरु गरेको छ । नगरपालिकाका प्रमुख कुलबहादुर केसीका अनुसार सबै वडालाई प्रविधिमैत्री बनाउँदै लगिएको छ । “प्रविधिमैत्री सेवाका कारण नागरिक र कर्मचारीलाई सहज भएको छ,” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, ४ चैत (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता.....

विराटनगर, ५ चैत (रासस) : बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा.....

विराटनगर, ४ चैत (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक.....

वासिङ्टन, ५ चैत (रासस÷सिन्ह्वा) : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा.....

घोराही, ५ चैत (रासस): दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् ।.....

भक्तपुर, ५ चैत (रासस) : नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत् औद्योगिक मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np